logo

 शेयर लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न

      12/12/2017 गते 00 00 मा प्रकाशित     1751   पटक पढिएको

वीरगन्ज, २६ मंसिर । आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा शेयर सम्बन्धी साक्षरता कार्यक्रमहरु हुन थालेको छ ।

शेयर लगानीका लागि ब्रोकर कम्पनीहरुको शाखा समेत विस्तार गरिएको वीरगन्जमा शेयर लगानीमा सर्वसाधारणहरुको पनि चासो बढ्न थालेपछि शेयर सम्बन्धी जानकारी दिने साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।

मंगलबार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको आयोजना तथा युनाईटेड फाईनान्स लि., प्राईमो सेक्यूरिटिज प्रा.लि. र वीरगञ्ज उद्योग वाणिज्य संघको सहआयोजनामा “सि—आस्वा र डि—म्याट” सम्बन्धि लगानीकर्ता साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख आतिथि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उदघाटन गरेका थिए ।

कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अध्यक्ष तथा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत समेत रहेका चन्द्रसिंह साउद, सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र वाग्लेले शेयर लगानीको बारेमा जानकारी दिएका थिए ।

त्यस्तै नेपाल ईन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष तथा युनाईटेड फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनन्द बहादुर श्रेष्ठ, शेयर ब्रोकर कम्पनी प्राईमो सेक्यूरिटिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मेघनाथ उपाध्याय र सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख सूचना तथा प्रविधि अधिकृत श्री सुरेश न्यौपानेले डि—म्याट र सि—आस्वाको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

करिब ८० जना सहभागी उक्त कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको संचालन युनाईटेड फाईनान्स लिमिटेड, वीरगञ्ज शाखाका शाखा प्रवन्धक मनिष आचार्यले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.