logo

नेपाल भारत बैठक निष्कर्षबिहिन,क्लिंकर आयातमा झनै अन्यौलता बढयो 

      12/26/2017 गते 00 00 मा प्रकाशित     2021   पटक पढिएको


वीरगन्ज ११ पुष । नेपाली सिमेन्ट उधोगहरुकालागि चाहिने कच्चा पदार्थ क्लिंकर आयातको बिषय झनै अन्यौलपूर्ण बनेको छ । 
सीमावर्ती भारतीय शहर रक्सौल स्थित रेल्वे यार्डबाट क्लिंकर ओसार पसार हुदा प्रदुषण भयो भन्दै रक्सौलका स्थानीयले बिरोध गरेपछि समस्या आएको हो । स्थानीयको बिरोधपछि रेलवेले  सोझै बीरगंजको सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने निर्णय गरेको छ । 


क्लिंकर आयातमा भारतीय रेलवेको एकपक्षीय निर्णयले झनै समस्या ल्याएको भन्दै मंगलवार त्यही बिषयमा छलफल गर्न बीरगंजमा बसेको द्विपक्षीय बैठकले समेत कुनै निष्कर्ष निकाल्न नसकेपछि अन्यौलता झन बढेको हो ।
    भारतीय रेलवेले सिधा वीरगन्ज स्थित सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने एकपक्षीय निर्णय पछि समस्या समाधान गर्न बीरगंजमा मंगलवारे द्विपक्षीय बैठक बसेको थियो ।


क्लिंकर लोड अनलोडको समस्या समाधानका लागि बोलाईएको बैठकमा दुबै देशका प्रतिनिधिहरुबाट समाधानको बाटो पहिल्याने काम भएन । भारतीय रेलवेले अचानक वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह संचालनको ठेक्का पाएको भारतीय कण्टेनर निगम लिमिटेडलाई पत्राचार गरेर बन्दरगाहमा नै अनलोड गर्ने व्यवस्था गर्न भनेपछि उत्पन्न भएको समस्या झनै बल्झिएको सिमेन्ट उधोग संचालकहरुभने चिन्तित भएका छन  । 


    भारतीय कण्टेर निगम नेपाल स्थित सुख्खा बन्दरगाह संचालन गर्ने हिमालयन टर्मिनलको एक साझेदार पनि हो  । तर, नेपालले सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने सम्झौतामा उल्लेख नभएको र नेपाल सरकारलाई कुनै औपचारिक जानकारी नै नभएको जनाएपछि समस्या झन् जटिल बनेको हो ।

 

सुख्खा बन्दरगाह संचालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनलले यसको समाधानका लागि दुवैपक्षका पदाधिकारीहरुलाई बोलाएको थियो । बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भारतीय रेल सेवा निगमले नेपाली पक्षलाई क्लिकर सुख्खा बन्दरगाहमा अनलोड गर्ने बिषयमा कुनै आधिकारिक जानकारी नै नगराएको बताउनु भयो । उहाँले आफूहरु यस विषयमा रहेको बताउदै बिभिन्न संचार माध्यम मार्फत जानकारी पाएको प्रष्ट पार्नु भयो  ।  उहाँले अहिले तत्कालका लागि भने पुरानै अवस्थामा क्लिंकर आयात हुन दिनु पर्ने बताउनु भयो । दीर्घकालीन रुपमा समसयाको समाधान खोजने काममा हामी लाग्छौ उहाँले भन्नु भयो तर अहिले पुरानै अवस्थामा क्लिंकरको आयातको ब्यवस्था हुनु पर्छ । 

त्यस्तै नेपाल इन्टरमोडल यातायात समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले हिमालयन टर्मिनललाई क्लिंकर अनलोड गर्ने कुनै किसिमको अनुमति नदिएकोले एकपक्षीय निर्णयको कुनै अर्थ नभएको बताउनु भयो । यस विषयमा भारतीय र नेपाल दुवैपक्षले माथिल्लो तहमा छलफल गरेर समाधान निकालिने निर्देशक बस्नेतले बताउनु भयो ।

 भारतीय रेलवे इष्ट सेण्ट्रल जोनका चिफ अपरेटिङ्ग मेनेजर सलिल झाले रक्सैेलमा अनलोड गर्न नसकिने भएकोले नेपालको आईसिडीमा अनलोड गर्ने व्यवस्था गर्नु पर्ने अडान राखेका छन ।  नेपाली सिमेण्ट उद्योगीहरुले पनि अहिले नै तत्काल ड्राईपोर्टमा अनलोड गर्ने व्यवस्था हुन नसक्ने जनाएका छन ।

 भातीय कण्टेनर निगमका अध्यक्ष एवं प्रबन्ध निर्देशक भी कल्याण रामाले कुनै राजनीतिक दबाव र कारण नभई रक्सौलका स्थानीयको अवरोधका कारण उत्पन्न समस्या समाधानका लागि छलफल गर्न आफूहरु नेपाल आएको र यसलाई दुवैपक्षले मिलेर समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।  सुख्खा बन्दरगाहमा अहिले छड उत्पादन गर्ने कच्चा पदार्थहरु आयातमा नै समस्या रहेकोले क्लिंकर पनि सोही स्थानबाट आयात गर्दा थप समस्या नेपाली उधोगीहरुको भनाई छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.