logo

पाँच करोड मुआब्जा नदिए कडा आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी

      12/26/2017 गते 00 00 मा प्रकाशित     1900   पटक पढिएको

वीरगंज ११ पुस
वीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने अलौंको आईसीपी चौक देखि रामगढवा बहुअरी  लक्ष्मी आयल चौक सम्म सरकारले अतिक्रमण गरेको घर जग्गाको मुअब्जा प्रति कठा ५ करोड दिन सरकार संग स्थानीयले आग्रह गरेका छन ।
संघर्ष समिति ड्राईपोर्टले मंगलवार गरेको पत्रकार सम्मेलन बोल्दै संघर्ष समितिका पदाधिकारीहरुले सरकारले हचुवाको भरमा मुअब्जा निर्धारण गरेको भन्दै कडा बिरोध गरेका थिए ।

अतिक्रमण गरिएको घर जग्गाको उचित मुल्यांकन गरी मुअब्जा नदिए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत उनीहरुले दिएका छन । 
ड्राईपोर्टदेखि परवानीपुरसम्मको सडकखण्ड ६ लेन बनाउँदै गर्दा जग्गा अधिग्रहणको पक्रिया नटुंगिएका कारण ड्राईपोर्टदेखि आईसीपी सम्मको सडक विस्तार हुन सकेको छैन् ।


अलौंको आईसीपी चोकदेखि रामगढवा बहुअरी लक्ष्मी आयल चोकसम्म झण्डै ७ सय मिटर सडक खण्ड विस्तारका लागि दुवै तर्फका ६ बिघा १ कठ्ठा जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिसकेको छ ।


मुआब्जा निर्धारण समितिले बाटो छेउको जग्गाका लागि बढीमा ६२ लाख प्रति कठ्ठा मुआब्जा दिन र सडकभन्दा भित्र पर्ने जग्गाका लागि पनि दर निर्धारण गरिसकेको छ ।

अर्थ मन्त्रालयले रकमको स्वीकृति दिइसकेको भए पनि रकम भने आइनसकेको तर नाप नक्साङकनको काम भने भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.