logo

पर्सा राष्ट्रिय निकुञ्ज घुमफिर गर्न पर्यटकहरुकालागि खुला

      1/24/2018 गते 00 00 मा प्रकाशित     2396   पटक पढिएको

बीरगंज १० माघ ।

पर्सा, बारा र मकवानपुर तीन जिल्लाको सीमाक्षेत्रमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो । पहिले वन्यजन्तु आरक्षको रुपमा मात्रै रहेको आरक्ष क्षेत्र अहिले राष्ट्रिय निकुञ्जमा परिणत भएको छ ।

प्रदेश नम्बर २ मा पर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्य स्थलका रुपमा विकसित हुँदै गएको हो । नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उदेश्यले विक्रम संवत २०४० सालमा बारा, पर्सा र मकवानुपुरसँग सीमा जोडिएको चार सय ९९ वर्ग किलो मिटर जंगल क्षेत्रलाइ पर्सा वन्यजन्तु आरक्षको रुपमा स्थापना गरिएको थियो । २०७२ सालमा भने बारा तर्फको एक सय २८ दशमलव ३९ वर्ग किलो मिटर राष्ट्रिय वन क्षेत्रलाइ पनि तत्कालीन पर्सा वन्य जन्तु आरक्षमा समाहित गरेपछि अहिले यसको कुल क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्ग किलोमिटर छ ।

       तत्कलीन पर्सा वन्य जन्तु आरक्षलाइ २०७४ साल बैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पर्सा राष्ट्रिय निकुन्जका रुपमा परिणत गर्ने निर्णय गरेको हो । राष्ट्रिय निकुन्जमा परिणत भएपछि स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ अवलोकन र घुमफिरका लागि खुल्ला गरिएको छ ।

 

यो संगै निकुन्ज आसपासमा करोडौँ रुपैयाँको लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेको छ । छ सय २७ वर्ग किमीमा फैलिएको यो निकुञ्जलाई रौतहटसम्म निकुञ्ज विस्तारको माग भइरहेकोे पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । पर्यटनको लागि पूर्वाधारहरुको पनि आवश्यकता हुने भएकोले अहिले निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी साना होटल देखि ठूला र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु पनि खुल्न थालेको छ ।

 निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन हलखोरियादह, कामिनी दह, माया मन्दिर, दूग्धेश्वर महादेव मन्दिरका साथै निकुञ्जभित्र पर्यटकका लागि निश्चित शुल्क लिएर पर्सा राष्ट्रिय निकुन्ज भित्र रहेका विभिन्न महत्वपूर्ण तथा दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीहरु अवलोकन गर्नका लागि खुला गरिएको छ । 

 

पर्सा राष्ट्रिय निकुन्जमा प्रवेशका लागि नेपाली पर्यटकको हकमा ५० रुपैंया , सार्क मुलुकका पर्यटकका लागि पाँच सय रुपैंयामा १३ प्रतिशत भ्याट थप तथा अन्य मुलुकका पर्यटकका लागि एक हजार रुपैयामा भ्याट थप गरी शुल्क निर्धारण गरिएको निकुन्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । पर्सा राष्ट्रिय निकुन्जमा दुर्लभ वन्यजन्तुहरु पाटे बाघ , रैथाने हात्ती , एक सिङगे गैडा , भालु , रतुवा मृग , चित्तल ,जरायो , बँदेल , नील गाइ , गौरी गाइका साथै झण्डै दुइ सय प्रजातिका चराचुरुङगीहरु छन् । 

 

पर्यटकहरुको अवलोकन र घुमफिरका लागि निकुन्जको जंगल भित्र पर्ने मकवानपुरको प्रतापुर , पर्साको रातोटे र रामभौरी भाथा, बाराको हलखोरीयामा गरि एक दर्जन भ्यु टावरहरु पनि बनाइएको छ ।

 

यसैगरि पर्यटकहरुलाइ जङगल सफारी गर्न निकुन्जको हात्तीसारमा एक दर्जन हात्तीहरु पनि राखिएको छ । निकुन्ज भित्र फायर लाइन पनि भएकाले हात्तीको जंगल सफारी गर्न नचाहने पर्यटकहरुले आफनो नीजी सवारीमा सवार भइ जंगल सफारी गर्न सक्ने व्यवस्था पनि मिलाइएको प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.