logo

अन्ठानब्बे जना ब्यवसायी आन्तरिक राजस्वको कारवाहीमा बैक खाता र घर जग्गा रोक्का

      10/4/2019 गते 00 00 मा प्रकाशित     1837   पटक पढिएको

बीरगंज १८ असोज ।

आन्तरिक राजस्व कार्यालय वीरगंजले अटेर गरि कर नतिर्ने ९८ जना करदातालाई कारवाही गरेको छ । कार्यलयले कर तिर्नकालागि गरेको पटक पटकको ताकेताको वेवास्ता गर्नेहरुको बैक खाता र घर जग्गा रोकेर कारवाही गरिएको आन्तरिक राजस्व कार्यालय बीरगंजका प्रमुख गोपिकृष्ण कोइरालालले बताए  । कार्यालयले करदाताको नाम भने गोप्य राखेको छ । 

 


घर जग्गा र बैक खाता रोक्का हुनेमा निर्माण व्यवसायी, इँटा उद्योगी, उत्पादनकर्ता, ट्रेडिङ कारोबार, ज्वाइन्ट भेन्चर, सप्लायर्सलगायतका फर्म रहेको कार्यालयले जनाएको छ ।

 

९८ जना करदाताले करिब २६ करोड रुपैया तिर्नु पर्ने कार्यालयले जनाएको छ । कर असुलीमा कडाई गरिए पछि करदाताहरु कर बुझाउन आइरहेको कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिए  । कारवाही थालिए पछि २० जना करदाता आएर कर बुझाइरहेका छन ।


    कार्यालयले नेपाल राष्ट्र बैंकलाई ९८ जनाको तीन पुस्ते नामावलीसहित खाता रोक्न गत असार १३ गते परिपत्र गरेको थियो भने सोही दिन पर्सा, बाराका मालपोत कार्यालयलाई पनि सम्बन्धित करदाताको तीन पुस्ते नामावलीसहित करदाताको नाममा भएको घरजग्गा रोक्का गर्न पत्र लेखेको थियो ।

 

त्यसैगरी, आन्तरिक राजस्व कार्यालय वीरगंजले वीरगंज भन्सार र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई पनि कारबाहीमा परेका करदाताले आयातरनिर्यात गर्न नपाओस् भनी आयातरनिर्यात रोक्का राख्न निर्देशनसहित पत्राचार गरेको छ । कार्यालयले वीरगंज महानगर र जीतपुरसिमरा उपमहानगरलाई पनि पत्र लेखेर निर्माण व्यवसायीको हकमा कुनै काम गरी भुक्तानी लिन आएमा भुक्तानी रोक्का राख्न परिपत्र गरेको छ ।


कार्यालयले यस्तो प्रकृतिको कारवाही गर्नुपूर्व  कर तिर्न आउनु भनी १५ दिने हुलाकमार्पmत् चिठी पठाउँछ । त्यसपछि कर नतिर्नेलाई फोनमा ताकेता र ईमेलमा कर तिर्न आउनु भनी जानकारीसहितको परिपत्र गर्छ । त्यसलाई पनि अटेर गरि बसेमा हुलाक बाट  पत्र पठाउँछ ।

 

त्यसपछि पनि कर तिर्न नआए राष्ट्रिय पत्रिकामा १५ दिने सूचना निकालिन्छ । अब पनि करदाता कर तिर्न आएन भने घरजग्गा र बैंक खाता रोक्का गर्ने कारबाही प्रक्रिया अघि बढाउने ऐनमा भएको व्यवस्था छ । कार्यालयले यो सबै प्रक्रिया पुरा गरेर बैक खाता र घर जग्गा रोक्ने कारवाही गरेको कार्यालयले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.