logo

अन्ठानब्बे जना ब्यवसायी आन्तरिक राजस्वको कारवाहीमा बैक खाता र घर जग्गा रोक्का

      10/4/2019 गते 00 00 मा प्रकाशित     1949   पटक पढिएको

बीरगंज १८ असोज ।

आन्तरिक राजस्व कार्यालय वीरगंजले अटेर गरि कर नतिर्ने ९८ जना करदातालाई कारवाही गरेको छ । कार्यलयले कर तिर्नकालागि गरेको पटक पटकको ताकेताको वेवास्ता गर्नेहरुको बैक खाता र घर जग्गा रोकेर कारवाही गरिएको आन्तरिक राजस्व कार्यालय बीरगंजका प्रमुख गोपिकृष्ण कोइरालालले बताए  । कार्यालयले करदाताको नाम भने गोप्य राखेको छ । 

 


घर जग्गा र बैक खाता रोक्का हुनेमा निर्माण व्यवसायी, इँटा उद्योगी, उत्पादनकर्ता, ट्रेडिङ कारोबार, ज्वाइन्ट भेन्चर, सप्लायर्सलगायतका फर्म रहेको कार्यालयले जनाएको छ ।

 

९८ जना करदाताले करिब २६ करोड रुपैया तिर्नु पर्ने कार्यालयले जनाएको छ । कर असुलीमा कडाई गरिए पछि करदाताहरु कर बुझाउन आइरहेको कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिए  । कारवाही थालिए पछि २० जना करदाता आएर कर बुझाइरहेका छन ।


    कार्यालयले नेपाल राष्ट्र बैंकलाई ९८ जनाको तीन पुस्ते नामावलीसहित खाता रोक्न गत असार १३ गते परिपत्र गरेको थियो भने सोही दिन पर्सा, बाराका मालपोत कार्यालयलाई पनि सम्बन्धित करदाताको तीन पुस्ते नामावलीसहित करदाताको नाममा भएको घरजग्गा रोक्का गर्न पत्र लेखेको थियो ।

 

त्यसैगरी, आन्तरिक राजस्व कार्यालय वीरगंजले वीरगंज भन्सार र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई पनि कारबाहीमा परेका करदाताले आयातरनिर्यात गर्न नपाओस् भनी आयातरनिर्यात रोक्का राख्न निर्देशनसहित पत्राचार गरेको छ । कार्यालयले वीरगंज महानगर र जीतपुरसिमरा उपमहानगरलाई पनि पत्र लेखेर निर्माण व्यवसायीको हकमा कुनै काम गरी भुक्तानी लिन आएमा भुक्तानी रोक्का राख्न परिपत्र गरेको छ ।


कार्यालयले यस्तो प्रकृतिको कारवाही गर्नुपूर्व  कर तिर्न आउनु भनी १५ दिने हुलाकमार्पmत् चिठी पठाउँछ । त्यसपछि कर नतिर्नेलाई फोनमा ताकेता र ईमेलमा कर तिर्न आउनु भनी जानकारीसहितको परिपत्र गर्छ । त्यसलाई पनि अटेर गरि बसेमा हुलाक बाट  पत्र पठाउँछ ।

 

त्यसपछि पनि कर तिर्न नआए राष्ट्रिय पत्रिकामा १५ दिने सूचना निकालिन्छ । अब पनि करदाता कर तिर्न आएन भने घरजग्गा र बैंक खाता रोक्का गर्ने कारबाही प्रक्रिया अघि बढाउने ऐनमा भएको व्यवस्था छ । कार्यालयले यो सबै प्रक्रिया पुरा गरेर बैक खाता र घर जग्गा रोक्ने कारवाही गरेको कार्यालयले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.