logo

रक्सौल रेल्वे क्रसिङ्गमा मोटरसाइकल र पैदल यात्रीको लागि ओभरब्रिज बन्ने 

 इसीमाना सम्वाददाता     २०७८ सावन ४ गते ०७: २२ मा प्रकाशित     1234   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु र रक्सौल रेल्वे स्टेशनका अधिकारीहरु बीच सङ्घकै सभाहलमा भेटघाट तथा छलफल भएको छ । 


सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यको क्रममा रक्सौल रेल्वे स्टेशनलाई भौतिक पूर्वाधार सहितको स्टेशनको अपग्रेड गर्नुपर्ने, रेल्वे स्टेशनभित्र व्यवस्थित पार्किङ्ग, क्यान्टिनको व्यवस्था हुनुपर्ने, रक्सौल रेल्वे क्रसिङ्गमा ओभरब्रिजको चाँडै निर्माण हुनुपर्ने लगायतका विषयमा स्टेशनका अधिकारीहरुलाई सुझाव दिनुभयो । 


रक्सौल रेल्वे स्टेशनका स्टेशन मास्टर अनिलकुमार सिंहले रक्सौल रेल्वे क्रसिङ्गमा मोटरसाइकल र पैदल यात्रीको लागि ओभरब्रिजको प्रक्रिया अगाडि बढिसकेको र चाँडै निर्माण हुने बताउनुहुँदै ठूला सवारीसाधनहरुको लागि आफ्ना माथिल्लो निकायमा पहल गरिने बताउनुभयो ।

उहाँले रक्सौल रेल्वे स्टेशनमा सुलभ तरिकाले टिकटको व्यवस्थाको लागि अटोमेटिक टिकेटिङ्ग मेशिन राख्न लागिएको पनि बताउनुभयो । त्यस्तै स्टेशनभित्रको भौतिक पूर्वाधारलाई सुधार गर्दै जाने, व्यवस्थित क्यान्टिन र पार्किङ्गको व्यवस्थाको लागि आपूmहरुले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो । 

 


कार्यक्रममा सङ्घका कोषाध्यक्ष गोविन्द शाहले रक्सौलदेखि दिल्ली, मुम्बई, कोलकाता जस्ता मुख्य शहरहरु जोड्ने सिधा रेल्वे नभएकोले नजिकको ठूलो स्टेशनबाट जानु पर्दा समय लाग्ने गरेकोले यस्ता शहरहरुमा सिधै रेल्वे सञ्चालनको लागि आवश्यक पहल गर्न अनुरोध गर्नुभयो । 

 


सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा रक्सौल रेल्वे स्टेशनका कमर्सियल हेड सञ्जय कुमार, सङ्घका उपाध्यक्ष माधव राजपाल, सह–सचिव अनोज रुँगटाले आ–आफ्नो जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा सङ्घका उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास लगायतको उपस्थिति रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.