logo

म्याद गुज्रिएको तीन ट्रक भारतीय चिनीको भन्सार पास,उपभोक्ताको स्वास्थ्यसंग गम्भिर खेलवाड

      3/12/2020 गते 00 00 मा प्रकाशित     2799   पटक पढिएको

वीरगन्ज, २९ फागुन । जलेश्वर भन्सार कार्यालयले उपभोग्य मिति सकिएको आयात अयोग्य तीन ट्रक भारतीय चिनीको भन्सार जाँचपास गरेको  छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको चीनी भन्सार कार्यालयले जाँच पास गरेको हो ।

 

नेपालमा आयात गरिने खाद्य बस्तुको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ । यो प्रावधानको बर्खिलाप गरि उपभोग्य मिति सकिएको र उपभोगकालागि अयोग्य भारतीय चिनी  जलेश्वर भन्सार कार्यालयले भन्सार जाँचपास गरेर नेपाली उपभोक्ताको जीवन संग खेलवाड गरेको छ ।

 

  सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाले पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो ।

 

राजस्व अनुसन्धान कार्यालय पथलैयाले यस विषयमा केही बोलेको छैन । भंसार भिागका प्रवक्ता शिशिर घिमिरेले उपभोग्य मिति नै समाप्त भएको खाद्यबस्तुको आयात र जाँच पास दुबै गर्न नमिल्ने बताउनु भयो । उहाँले जलेश्वर भंसारले चिनी जाँच पास गरेको आफूलाई जानकारी नभएको बताउदै आयात निर्यात प्रमाणीकरण कार्यालयले उपभोगयोग्य नरहेको घोषणा गर्दागर्दै जाँचपास गर्ने कुरा पनि नमिल्ने बताउनु भयो ।

 

उहाँले कतिपयबस्तुको प्रमाणीकरण चल्दै गर्दा जाँचपास हुने प्रावधान त रहेको त्यसमा चिनी पर्छ कि पर्दैन भन्ने कुरा आफूलाई यकिन नभएको बताउनु भयो ।उहाँले जाँचपास घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने बताउनु भयो । सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।

 

प्रयोगशाला परिक्षणपछि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले प्रयोगशालामा परिक्षण गरिएको पारामिटरको आधारमा प्राप्त नमूनाहरु आयातका लागि योग्य नरहेको देखिएको उल्लेख गरेर पठाएपनि जलेश्वर भन्सार कार्यालयले भने आयात अयोग्य चिनीको भन्सार जाँचपास गरिदिएको छ ।

 

आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले मिति २०७६ फागुन २५ गतेको पत्रसंख्या २०७६।०७७ को चलानी नम्बर ७४१ मा कार्यालयमा प्राप्त नमूनाहरुको उपभोग्य मिति समाप्त भईसकेको पाईएको उल्लेख गरेर जलेश्वर भन्सार कार्यालयलाई पठाएको हो । कार्यालयका निमित्त प्रमुख विपिन कुमार ठाकुरले खाद्य ऐन र नियामावलीले दिएको अधिकार अनुसार नै प्रयोगशालामा आएको नमूना परिक्षण गर्दा उपभोग्य मिति सकिएको पाईएकोले सोही अनुसार प्रमाणीकरण गरेर पठाईएको बताउनु भयो  ।

 

खाद्य आयात निर्यात प्रमाणीकरण कार्यालयको नमूनाको संकेत नम्बर ७७ बाट लिईएको नमूना परिक्षणमा आयातका लागि अयोग्य पाईएको हो । उहाँले भन्नु भयो “खाद्य ऐन अनुसार उक्त चिनी उपभोगमा ल्याउन अयोग्य पाईएकोले लेखी पठाएको हौं । खाद्य ऐनको उद्देश्य भनेकै हाम्रो देशलाई म्याद गुज्रिएको खाद्य वस्तुको डम्पिङ साईट हुनबाट बचाउने हो ।

 

” ठूलो परिमाणमा आयात गरिएका खाद्यवस्तुहरु बजारमा पुग्न समय लाग्ने भएकोले उपभोग मिति कम्तिमा पनि ६० प्रतिशत बााकी हुनुपर्ने भनिएको ठाकुरको भनाई छ । तर अहिले आयात गरिएको चिनीको म्याद न ैगु्ज्रिसकेको छ।  नेपालमा आयात गरिएका वस्तुहरु अयोग्य हुने गरेको र नेपाललाई अखाद्य वस्तुको डम्पिङ साईट बनाउन खोजेको भन्दै आलोचना हुने गरेको छ ।

 

उपभोत्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले जलेश्वर भन्सार कार्यालयले नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेर जाँच पास गरेको विषय अत्यन्त गम्भीर रहेको बताउनु भयो  । उहाँलेले आफनो कर्तब्यपथबाट च्यूत भएर नेपाली उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कर्मचारीलाई तत्काल कारवाही गर्न माग गर्नु भएको छ ।

मञ्चले आयातकर्ता, जाँचपासमा संलग्न कर्मचारीका विरुद्ध उपभोक्ता संरक्षण ऐन अन्तर्गत कानुनी लडाई लड्ने उहाँले जानकारी दिनु भयो ।  भन्सार कार्यालयहरुले भने राजस्व संकलन र व्यक्तिगत लाभको लागि यस्ता अयोग्य वस्तुहरुको जाँचपास गरिदिने गरेको घटनाहरु बेलाबेलामा आउने गरेका छन् ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.