logo

बिधुत प्राधिकरणका कार्यकारी प्रमुख घिसिङसंग बिजुलीको महशुल घटाउन माँग

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १८ गते ०६: २३ मा प्रकाशित     876   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको अध्यक्षतामा सङ्घको सभाकक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग संग भेटघाट तथा अन्तरक्रिया गरेको थियो ।  

 


भेटघाटको क्रममा सङ्घका अध्यक्ष  सुबोधकुमार गुप्ताले नेपालमा विद्युतको प्रति युनिट मूल्य दक्षिण ऐशियाका अन्य मुलुकभन्दा बढी भएकोले मूल्यमा सुधारको सुझाव दिनु भयो ।

 

उहाँले  वर्षो पुराना विद्युत पूर्वाधारलाई नयाँ र परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो ।    विद्युतका पुराना भौतिक पूर्वाधारले यस क्षेत्रको औद्योगिककरणको गतिलाई अवरुद्ध गरेको र   गुणस्तरीय विद्युतको आपूर्तिमा समस्या रहेको अध्यक्ष गुप्ताले बताउनु भयो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले गुणस्तरीय विद्युत आपूर्तिहेतु आवश्यक पूर्वाधार, ट्राँन्समिशन लाईन, ३३ केभिए लाईनलाई १३२ केभिएमा परिवर्तन गर्ने र विद्युतको माँग भए बमोजिम विद्युत सप्लाई गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

 


साथै उहाँले मुलुकमा ६० प्रतिशत विद्युत आपूर्तिलाई ९० प्रतिशतमा पु¥याएको जानकारी दिदै दै नेपालमा अहिले पनि कतिपय ठाउँमा २४ औं घण्टा लोडसेडिङ्ग रहेकाहरुलाई पनि विद्युत आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको अबको नयाँ च्यालेन्ज रहेको बताउनु भएको थियो । 

 


सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, सङ्घका उपाध्यक्ष माधव राजपाल, नेपाल विद्युत प्राधिकरण प्रदेश नं. २ प्रमुख, नेपाल विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख साथै सङ्घका कार्यसमिति सदस्य, वरिष्ठ उद्योगी व्यवसायीका हरुको उपस्थिति रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.