logo

बजार अनुगमन टोलीलाई असहयोग गर्ने बिभिन्न ब्यापारिक फर्म दण्डीत

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १४ गते ०६: ५९ मा प्रकाशित     930   पटक पढिएको

खरिद बिल नदेखाउने वीगन्जका सातवटा फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले कारवाही गरेको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय  जिल्ला प्रशासन कार्यालय ,प्रहरी ,उद्योग वाणिज्य संघ,र उपभोक्ताअधिकारकर्मी सम्मीलीत बजार अनुगमनटोली   अनुगमन टोलीले मंगलबार बजार अनुगमन गरेको हो।

 

अनुगमनको क्रममा बिभिन्न  फर्महरूले  सहयोग नगरेको तथा खरिद बिल नदेखाएकोले कार्यालयले जरिवाना गरि कारवाही गरेको जनाएको छ ।


अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम फर्महरूलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म  जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकार दिलिप खंग खत्वेले जनाए ।

खत्वेका अनुसार वीरगन्ज– १३ स्थित न्यू गेजेटस जोन, वीरगन्ज– १० मा रहेको बालाजी डिपार्टमेन्टल स्टोर्स, वीरगन्ज– ७ रेशमकोठीमा रहेको न्यू मेलोडी, रुची सपिङ सेन्टर, राईट च्वाइसले अनुगमन टोलीलाई खरिद बिल देखाउन सकेका थिएनन् ।

खरिद बिल देखाउन नसकेका फर्मलाई जनही १० हजार रुपैयाँ जरिवाना गरिएको खत्वेले जनाए । यस्तै अनुगमन कार्यमा असहयोग गरेका नेपाल म्युजिक सेन्टरलाई १० हजार र कादमिया स्टोर्सलाई सात हजार रुपैयाँ जरिवाना गरिएको छ ।

 

जरिवाना रकम सात दिनभित्र बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको उपभोक्ता संरक्षण कार्यालयका खत्वेले जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.