logo

पर्सा राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्वद्धनकालागि वीरगन्ज महानगरद्वारा पाँचलाख सहयोग

 इसीमाना सम्बाददाता     २०७८ फागुन १० गते ०७: ०२ मा प्रकाशित     837   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रर्वद्धनकालागि लागि आयोजना गरिने पर्सा राष्ट्रिय निकुञ्ज साईक्लिङमा सहयोग गरेको छ । जैविक विविधता तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आकर्षण बढाउनका लागि नेपाली सेनाको सिद्धीबक्स गण, पर्सा राष्ट्रिय निकुञ्ज, पर्यटन व्यवसायी संघ बारा, टुर एण्ड ट्रार्भल एशोसिएसन (नाटा) लगायतको संयुक्त आयोजनामा हुन लागेको साईक्लिङमा वीरगन्ज महानगरपालिकाले पनि सहभागिता जनाएको हो ।

 

सोमबार आयोजक समितिका टोलीसँग महानगर प्रमुखकै कार्यकक्षमा भएको भेटघाटमा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको वीरगन्ज महानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्जमा हुने पर्यटन प्रवद्र्धन कार्यक्रममा पनि सहयोग गर्ने प्रतिवद्धता नगर प्रमुख सरावगीले जनाउनुभयो ।

 

नेपाली सेनाको अगुवाई, मधेस प्रदेश सरकारको नेतृत्व, स्थानीय सरकार निकायहरु र गैर सरकारी संघ संस्थाहरुको सहयोग तथा सहकार्यमा संचालन गरिएको बीरगञ्ज म्याराथुन– २०७६ जस्तै यसपटक पर्सा राष्ट्रिय निकुञ्जमा साईक्लिङ प्रतियोगिताको आयोजना हुने भएको छ ।

 

सोही कार्यक्रमका लागि महानगरपालिकाले आर्थिक सहयोग गरेको महानगर प्रमुख सरावगीले बताउनुभयो । साथै आधाभार–हात्तिसार जंगल फायरलेन क्रस कन्ट्री ५५ कि.मी. साईक्लिङ्ग कार्यक्रम–२०७७ मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई आकर्षण गर्न सकेमा त्यस आसपासमा रहेका अन्य पर्यटकीय गन्तव्यहरुको पनि विकासमा सहयोग पुग्ने तथा वीरगन्ज मुख्य नाका भएकोले यहि नाका भएर भारतीय पर्यटकहरु आउने भएकोले वीरगन्जले त्यसको उपयोग गर्ने अवसर पाउने पनि महानगर प्रमुख सरावगीले बताउनुभयो ।

 

महानगरपालिकाले नगर क्षेत्रको मात्रै होईन महानगर आसपासका क्षेत्रहरुमा पनि पहुँच बढाउन सकेमा महानगरपालिकाले पनि फाईदा लिन सक्ने नगर प्रमुख सरावगीको भनाई छ ।

 

वीरगन्ज महानगरपालिका पर्यटकीय गन्तव्यहरुको विकासका लागि अघि बढेको बताउदै नगर क्षेत्रमा रहेका साना साना पर्यटकीय स्थलहरुको पूर्वाधार संरचना निर्माण गर्दै ठूला पर्यटकीय गन्तव्य स्थलहरुसँग सञ्जाल बनाएर वीरगन्जको विकासमा सहभागिता गराउने महानगरको उद्देश्य रहेको बताउनुभयो ।

 

महानगर प्रमुख सरावगीसँग छलफलमा बसेको टोलीमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत, नेपाली सेनाको सिद्धीबक्स गण आधाभारका मेजर कमानसिंह गुरुङ, होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका महासचिव मोहन शर्मा, नेपाल ट्राभल एण्ड टुर्स एशोसिएसन मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लगायतको सहभागिता रहेको महानगर प्रमुख सरावगीका प्रेस सल्लाहाकार गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.