logo

राष्ट्रबैंकका गर्भनरसंग बीरगंजका उधोगीको भेट ,माँग सम्बोधन गर्ने प्रतिवद्धता ब्यक्त

 इसीमाना सम्वाददाता     २०७८ फागुन १० गते ०७: १२ मा प्रकाशित     839   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा एक शिष्टमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग उहाँकै कार्यकक्षमा नेराबैंकका डिपुटी गभर्नर तथा वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा विद्यमान बैंकिङ्ग समस्या र नीतिगत जटिलताका सम्बन्धमा विस्तृत रुपमा छलफल गरेको छ ।


वीउवासङ्घका अध्यक्ष डा. गुप्ताले नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीतिको अद्र्ध वार्षिक समिक्षा मार्फत् उत्पादनमूलक उद्योगलाई न्यून ब्याज दरमा ऋण उपलब्ध गराउने र सम्पत्ति अभिलेखीकरण गर्ने घोषणा स्वागतयोग्य रहेको बताउनुभयो ।


उहाँले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् इन्टरबैंकिङ्गको ब्याज दरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत निर्धारण गरिएको छ । त्यस्तै पुनरकर्जा ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत निर्धारण गरिएको छ । इन्टरबैंकिङ्ग ब्याज दर र पुनरकर्जालाई बढाइएकोमा उद्योगी÷व्यवसायीहरुलाई सा¥है मर्का पर्ने देखिएकोले सोलाई ५ प्रतिशतमा मात्रै सिमित राख्नु पर्ने सुझाव दिनुभयो । यसो गर्न सकिएको खण्डमा उद्योग, व्यापार, आयात, निर्यात व्यवसाय थप गतिशील हुने तर्फ गभर्नरको ध्यानाकर्षण गराउनु भएको थियो ।


अध्यक्ष डा. गुप्ताले कोभिडबाट प्रभावित उद्योगलाई राष्ट्र बैंकले वाणिज्य बैंक मार्फत् उपलब्ध गराउने सुविधालाई अद्र्धवार्षिक मौद्रिक नीति समिक्षा मार्फत् वाणिज्य बैंकको स्वविवेकमा छाडिदिएकोले वाणिज्य बैंकले त्यस्तो सुविधा आपूmखुशी दिने/नदिने गरिरहेका छन् । कोभिडका कारण हाल पनि धेरै उद्योगहरु प्रभावित नै रहेकाले त्यस्ता उद्योगहरुलाई राहत प्रदान गर्न केही राहतका प्याकेजहरु कायम नै राख्नुपर्ने बताउनुभयो ।


उहाँले भारतबाट आयात हुने क्रेडिट सुविधालाई हटाइएको छ । यसले मौद्रिक तरलताको अभाव सृजना गर्नेछ । त्यस्तै पुनरकर्जामा १८ अर्ब लगानी गरिएको छ जस मध्ये १८ अर्ब उपभोग भई रहेको अवस्था छ । यदि सो १८ अर्ब रुपैयाँ तानियो भने मौद्रिक तरलताको अभाव सृजना हुने प्रबल सम्भावना देखिएको बताउनुभयो । साथै पुनरकर्जा प्रवाहलाई निरन्तरता दिइनुपर्ने तर्फ गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो ।


डा. गुप्ताले मौद्रिक नीतिले व्यवसायको टर्न ओभरको २० प्रतिशत मात्र ऋण उपलबध गराउने व्यवस्था गरेको जुन उपयुक्त नदेखिएकोले सो प्रावधानलाई हटाउनुपर्ने सुझाव दिनु भयो ।


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजीक्षेत्रको माग र गुनासोलाई सक्दो चाँडो सम्बोधन गर्ने र मौद्रिक नीतिको नीतिगत एवम् व्यवहारिक त्रुटीहरुलाई समय सापेक्ष परिमार्जन एवम् संशोधन गर्दै जाने बताउनुभयो । उहाँले राष्ट्र बैंकका विभिन्न विभागका प्रमुखहरुसँग छलफल भएको र बैंकिङ्ग सम्बन्धी नीतिगत समस्यालाई सहज तुल्याउने बताउनुभयो । साथै निकट भविष्यमा नै नेराबैंकका विभिन्न विभागका प्रमुखहरु सहित निजीक्षेत्रसँग वीरगञ्जमा वृहत छलफल गर्ने बताउनुभयो ।


भेटघाटका क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.