logo

बीरगंजका ब्यवसायीको समस्या प्रथामिकतामा राखेर हल गर्ने महानिर्देशकको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०७८ फागुन १७ गते ०७: १८ मा प्रकाशित     813   पटक पढिएको

भंसार बिभागका महानिर्देशक कमलप्रसाद भट्टराई भट्टराईले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले प्रस्तुत गरेका संस्थागत सुझावहरुलाई बिभागले महत्वका साथ ग्रहण गर्ने बताउनु भयो ।

 

बीरगंज उधोग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम महानिदेृशक भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले व्यवहारिक समस्यालाई तत्काल निरुपण गर्ने र नीतिगत समस्याको समाधानका लागि आवश्यक गृहकार्य गरि निजी क्षेत्रलाई सहज वातावरण निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गनुृ भयो ।

 

उहाँले नेपाल सरकारले संकलन गर्ने राजश्वको झण्डै आधा हिस्सा वीरगञ्ज र ड्राईपोर्ट भन्सारबाटै संकलन हुने गरेकोले यस क्षेत्रको माँग, गुनासो र सुझावलाई प्राथमिकतामा राखेर सम्बोधन गर्न भन्सार विभाग प्रतिबद्ध रहेको बताउनु भएको थियो ।


आफु विभागको महानिर्देशक भएर आएको भर्खरै २ हप्ता मात्र भएकोले समस्याहरुका प्रकृती हरेर प्राथमिकताका आधारमा समाधन गर्ने तर्फ भन्सार प्रशासन क्रियाशिल रहेन धारणा व्यक्त गर्नु भएको थियो ।

 

यस अघि संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यका क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि र यस क्षेत्रको औद्योगिक, व्यापारिक महत्व तथा उपादेयका बारे प्रकाश पार्नु भएको थियो ।


डा.गुप्ताले नेपालबाट रातो बासमती निर्यातका लागि हामीले पहल गर्नुपर्ने बताउँदै उद्योगको लागि आयात गर्ने मेशीनमा १ प्रतिशत भन्सार लाग्ने गरेता पनि मेशीनको पाट्र्सहरु मंगाउँदा बढी भन्सार तिर्नु पर्ने व्यवस्थालाई परिमार्जन गरि १ पतिशतमै झार्नु पर्ने तर्फ महानिर्देशकको ध्यानाकर्षण गराउनु भएको थियो ।

 

अध्यक्ष डा. गुप्ताले क्ष्ऋए बाट हाल मालवाहक सवारी साधनमात्र आइृ रहेकोले पब्लिक सवारी साधन चार पाङ्गग्रेलाई पनि आवत जावत गर्ने गरि सहजता प्रदान गर्न मांग गर्दै आम सर्वसाधारणको लागि पनि आवत जावत खुला गरिनु पर्ने तर्फ जोड दिनु भएको थियो ।


विगत वर्षहरुमा सरकारले दालको निर्यातमा ४ प्रतिशत अनुदान दिने गरेको थियो तर अहिले आएर अनुदान दिन बन्द गरेकोले दलहन निर्यातमा सरकारले दिंदै आइको अनुदानलाई पुनः लागु गरिनु पर्ने तर्फ महानिर्देशकलाई बताउनु भएको थियो ।

 

कार्यक्रममा सङ्घका उपाध्यक्ष माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै ४७ वटा संकेत नम्बरमा आउने मालवस्तुको हकमा शतप्रतिशत मार्जिन राख्ने प्रावधानले परेको कठिनाई, भन्सार मूल्याँकनमा देखिएको जटिलता आइसीपी र आइसीडी (ड्राईपोर्ट)को सबै सौन्दर्यकरण तथा व्यवहारिक कठीनाईका साथै विविध पक्षलाई प्रकाश पार्दै समाधानका लागि ध्यानाकर्षण गराउनु भएको थियो ।


यसैगरी सहभागीहरुले भन्सार प्रशासन, भिसीटिएस , मल्याँकन, भन्सारमा रहेको प्रयोगशालालाई अत्याधुनीक उपकरणका साथ सु–सज्जित गर्ने, भन्सारमा रहेका धरौटीको समयमै फिर्ता हुन पर्ने, विद्युतिय भूक्तानीमा देखिएका प्राविधिक समस्यहरुका बारे सङ्घका पूर्व अध्यक्ष द्वय अशोककुमार टेमानी, प्रदीप केडिया, उपाध्यक्ष हरी गौतम, सचिव आशीष लाठ, सदस्य शिवजी प्रसाद साह, निरज अग्रवाल, सुमन क्याल, प्रकाश खण्डेलवाल, अर्जुन गौतम गुड्डी जोशी, दीपक कार्कि लगायतले उक्त कुराहरु राख्नु भएको थियो ।


यसै गरी सहभागिका जिज्ञासाहरुलाई वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, भन्सार विभागकका निर्देशक रामप्रसाद रेग्मी, ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले स्पष्ट पार्नु भएको थियो ।


कार्यक्रमको संचालन सङ्घका महासचिव मनोजकुमार दासले गर्नु भएको थियो भने धन्यवाद सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले गरेको अन्तरक्रिया कार्यक्रममा पर्साका प्रजिअ उमेश ढकाल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी पर्साका प्रमुखद्वय रमेश बस्नेत, टीका पोखरेल, आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत कपिलप्रसाद सुबेदी तथा उद्योगी व्यवसायीहरुको वृहत उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.