logo

अर्थमंत्रीसंग बीरगंज उधोग बाणिज्य संघका दजनौं माँग, पुरा गर्ने मंत्रीको प्रतिवद्धता

 इसीमाना सम्बाददाता     २०७८ चैत १० गते ०३: ०१ मा प्रकाशित     1007   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले पूँजी लगानीमा आयकर छुट हुनुपर्ने, आयकर छुटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्ने, मु.अ.कर नलाग्ने वस्तुहरुको स्पष्ट सूची हुनुपर्ने, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गर्नुपर्ने, फिर्ता पाउनुपर्ने मुल्य अभिबृद्धि करलाई अन्य करमा मिलान गर्न पाउनुपर्ने, नन फाइलरको समस्या समाधान गर्नुपर्ने, बिल बिजकलाई मान्यता दिनु पर्ने माँग गर्नु भएको छ । बीरगंज उधोग बाणिज्य संघको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमंत्री जनार्दन शर्मासंग भेट गर्न पुग्नु भएका डा.गुप्ताले यस्तो माँग गर्नु भएको हो ।
उहाँले आयातमा बैंकहरुले मार्जिन डिपोजिट वापत रकम रोक्का राख्ने वा कट्टा गर्ने परिपाटीलाई अन्त गरिनुपर्ने, दाल निर्यातमा कायम गरेको १ प्रतिशत भंसार शुल्क हटाई विगतमा दिइँदै आएको ४ प्रतिशत इन्सेन्टिभ पुनः कायम गरिनुपर्ने, एकीकृत भंसार चौकीको सफल सञ्चालनको लागि भौतिक पूर्वाधारहरु निर्माण तथा भंसार चौकीभित्र क्वारेन्टाइनको स्थापना हुनुपर्ने, विदेशी मेशीनरी पार्ट भारतबाट आयात गर्न पाउनुपर्ने, स्थानीय करलाई व्यवस्थित तुल्याउनुपर्ने, ५ करोड सम्मको वार्षिक टर्न ओभर गर्ने उद्योग व्यवसायको हकमा वार्षिक रुपमा कर वापत तिर्ने रकम तोकी सो रकमको भुक्तानी पश्चात् मिस्म्याच लगायतका प्रावधानबाट छुटकारा पाउनुपर्ने, मौद्रिक नीति मार्फत् आएको सम्पत्ति अभिलेखीकरणको “मोडालिटी” स्पष्ट हुनुपर्ने, व्यापारिक उधारो कारोबार व्यवस्थित तुल्याउन क्रेडिट एक्ट ल्याउनुपर्ने, ब्याजदर सिङ्गल डिजिट हुनुपर्ने माँग गनुृ भयो ।
उहाँले भिसिटिएसमा रहेका नीतिगत तथा व्यवहारिक समस्याहरु समाधान हुनुपर्ने, भिसिटिएस, आशिकुडा र नेपाल नेशनल वन डोर सिस्टमको सफ्टवेयरलाई एकीकृत गर्नुपर्ने, आयातको लागि भंसार बिन्दु सहजै परिवर्तन गर्न सकिने हुनुपर्ने, उद्योगले बीमा गराउनु पर्ने बीमालाई अनिवार्य नगरी सो स्वेच्छिक बनाउनुपर्ने, तयारी वस्तु र कच्चा पदार्थको भंसार दरबन्दीमा १ तहको फरक हुनुपर्ने, आयकर छुट एकल व्यक्तिको हकमा ८ लाख र दम्पत्तिको हकमा साढे ८ लाख कायम गरिनुपर्ने, सेजमा उद्योग स्थापनाको लागि लचिलो नीति ल्याउनुपर्ने लगायतका सुझाव दिनुभयो ।
अर्थ मन्त्री जनार्दन शर्माले घबाट प्रस्तुत सुझावहरुलाई आपूmले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले नेपाल उद्दारवादी अर्थतन्त्र अवलम्बन गरिरहेकोले उद्योग, व्यापारको विकास बिना समग्र मुलुकको विकास हुन नसक्ने बताउनुभयो । उहाँले आपूm उद्योग व्यवसायको सम्बद्र्धन र विकासको विरोधी नभई त्यसको पक्षपोषकको रुपमा रहेकोले उद्योग व्यापार व्यवसायको विकासको लागि आपूm तदारुकता साथ लागि परेको बताउनुहुँदै कर, राजस्व, भंसार लगायतको नीतिगत एवम् व्यवहारिक समस्याहरुलाई सहजता तुल्याउन विभागीय प्रमुखहरुलाई निर्देशन दिने आश्वासन दिनुभयो । सिमरामा अवस्थित सेज स्थापनाको लागि छुटयाइएको जग्गामा उद्योग स्थापनाको लागि लचिलो नीति अवलम्बन गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले आत्मनिर्भर उद्योगहरुको संरक्षण, सम्बद्र्धन र विकासको लागि अपनाउनुपर्ने नीतिगत र व्यवहारिक प्रावधानको बारे प्रष्ट पार्नुभएको थियो । त्यस्तै हरि गौतमले पर्सा बारा क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो भने अर्का उपाध्यक्ष माधव राजपालले वीरगञ्ज–ठोरी–चितवन हुलाकी सडक र द्रुत मार्गको लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
वीउवासङ्घका उक्त शिष्ट मण्डलले काठमाडौंस्थित विभिन्न मन्त्री, सचिव, विभिन्न विभागका महानिर्देशक लगायत सरकारी निकायहरुसँग भेटघाटको क्रममा ४ दिनदेखि काठमाडौंमा रहेको छ ।
भेटघाटको क्रममा सङ्घका महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, कार्यसमिति सदसइ सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान, राजेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.