logo

७५ को चीनी ८५ मा किन्नु पर्ने वाणिज्यसंघको फरमान ,स्थानीय प्रशासन मुकदर्शक भएको उपभोक्ताको गुनासो

      4/26/2020 गते 00 00 मा प्रकाशित     1394   पटक पढिएको

वीरगन्ज, १४ बैशाख । 

जीतपुर सीमरा नगर उधोग वाणिज्यसंघले किराना समानको नयाँ मूल्य सूची जारी जारी गरेको छ । उसले जारी गरेको मूल्य सूची अहिलेको चल्ती मूल्य भन्दा बढी रहेको छ । 


७५ रुपैया किलोमा पाइने चीनीको मूल्य जीतपुर सीमरा उधोग वाणिज्य संघंले ८५ रुपैया किलो पुर्याएको छ । ४२ रुपैया पर्ने चामलको मूल्य ४६ रुपैया तोकिएको छ ।

 

संघले कुन बिधि अन्तर्गत रहेर मूल्य निर्धारण गरेको हो त्यो भने खुलाएको छैन ।संस्थागत रुपमा मूल्यसूची तोकेर जीतपुर सीमरा नगर उधोग बाणिज्य संघले कालोबजारीलाई संस्थागत गर्ने आँट काहा बाट पायो भन्ने यक्ष प्रश्न उब्जेको छ ।  

 


यसैवीच जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले जारी गरेको किराना तथा खाध्य सामानको मूल्य सूची प्रति जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले आपत्ति जनाएको छ । 

 

समितिको आज बसेको सरोकार समितिको भर्चुअल बैठकले  मूल्य सूची प्रति आपत्ति जनाउदै फिर्ता लिन माँग गरेको छ ।


सरकारले तोकेको मूल्य र चलन चल्तीको मूल्य भन्दा धेरै महँगो सूची जारी गरेकोले त्यसले कालो बजारीलाई प्रोत्साहन गरेको भन्दै मूल्यसूची तत्काल फिर्ता लिन माँग गरेको संयोजक मनोज पौडेलले बताउनु भयो ।


उहाँले संस्थागत काला बजारीको प्रयास हुदा स्थानीय प्रशसनलाई मुकदर्शन भएर बनस्न आग्रह गर्नु भएको छ । 

 उहाँले कोरोना भाइरसबाट पीडित जनतालाई संघले जारी गरेको मुल्य सूचीले थप पीडित बनाएकोले तत्काल छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन सम्बन्धीत निकाय सँग माग गर्नु भएको छ । 

 

 सरोकार समितिका संयोजक मनोज पौडेल अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा,कर्ण थापा, नारायण घिमिरे,राजु राज गिरी, रमेस सापकोटा,पेसल मुल्मी, बिदुर खडका लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.