logo

थोक बिक्रेताको दादागिरी,तिरेको पैसाको बिल दिदैनन,निरिह खुद्रा ब्यापारी ,प्रशासनको निशानामा

      5/4/2020 गते 00 00 मा प्रकाशित     1853   पटक पढिएको

बीरगंज २२ बैशाख

लकडाउनको अवधीमा दैनीक उपभोग्य सामाग्रीको आपूर्तीमा भूमिका निर्वाह गरेका खुद्रा ब्यवसायीहरुले आफूहरु मर्कामा परेको गुनासो गरेका छन ।

 

उनीहरुले अनुगमनको नाममा आफूहरुमाथि ज्यादती भएको भन्दै अनियमितताको मुख्य ठाउमा कारवाही गर्न स्थानीय प्रशासनसंग माँग गरेका छन ।

 

बहुराष्ट्रिय कम्पनीको उत्पादनका थोक बिक्रेताले मात्र भ्याटबिल दिने गरेको खुद्रा ब्यवसायीको भनाई छ । ति कम्पनीको उत्पादन किन्दा मात्र  जती रकम तिरेको त्यतीनै रकमको बिल पाउने गरिएको ब्यवसायीको भनाई छ ।

 

तर नेपाली उत्पादन र  त्यसका थोक बिक्रेताले लिएको रकम भन्दा कमको मात्र बिल दिने गरेका छन । त्यसमध्य कतिपयले बिल समेत नदिई सादा कागजमा बिवरण लेखेर दिने गरेका छन । 


रातो खुर्सानीको खुद्रा बिक्री मूल्य तीन सय देखी तीन सय चालीस रुपैया रहेको छ ।  तर खुर्सानीको आफूर्ती गर्ने थोक बिक्रेताले भ्याट बिल एक सय रुपैयाको दिने गरेका छन ।

 

यस्तोमा अनुगमन समितिले खरिद मूल्य हेर्ने र खुद्रा ब्यवसायीले बेच्ने मूल्यका वीच सैयौ गुणाको अन्तर हुने हुदा खुद्रा ब्यवसायी कारवाहीको निशानामा पर्ने गरेको एक ब्यवसायीले बताए । खुर्सानीकै थोक बिक्रेताले पछि जो पायो त्यसको नाममा बिल भ्याट काटेर फाल्ने र हिसाव मिलाउने गर्दछन । यसलाई मिसम्याच भन्ने गरिन्छ । 


पास्ता ,पिठो  र अन्य समाना किन्न गएका खुद्रा ब्यवसायीलाई पास्ता उत्पादन गर्ने कम्पनीले २५ हजारको समान दिदा भ्याट बिल चाही ६ हजारको मात्र दिएको छ । परिमाण ठिक देखाउने तर भ्याट बिल कमको दिने गर्दा अनुगमन समितिको तारो खाुद्रा ब्यवसायी बनेको उनीहरुको गुनासो छ ।

नेपाल रेडक्रस सोसाइटी रोडमा रहेका किराना पसलहरु सबै थोक बिक्रेता हुन । जिल्ला प्रशासन कार्यालयको नाकमै रहेको गोश्वारा रोडमा रहेका थोक बिक्रेताको पसलमा  स्थानीय प्रशासनले  कहिल्यै पनि अनुगमन नगरेको ति ब्यवसायीले बताए ।

 

स्थानीय प्रशासनले नचिनिएका कर्मचारीलाई खुद्रा बिक्रेता संगको समन्वयमा अप्रेशनको शैलीमा अनुगमन गर्नेहो भने मात्र उत्पादक, थोक बिmत्रेता र खुद्रा बिक्रेताका वीचको कालो बजारीको, बजारमाला छताछुल्ल हुन सक्छ ।

 

थोक बिक्रेताले खाने तेलको भ्याट बिल १ सय २५ रुपैया काटछन तर तेलको बिक्री खुद्रा बिक्रेतालाई २ सय १० रुपैयामा गर्छ । २ सय १० रुपैया लिएर १ सय २५ को भ्याट बिल दिनेले राजस्व कति अपचलन गर्छ  ? उपभोक्तालाई कति मार पर्छ ? ।

 

पिठो लगायतका सबै सामानमा खुद्रा बिक्रेताले तिरेको पैसा भन्दा निकै कमको मात्र बिल पाउने गरेका छन । पुरा रकमको बिल माँग गर्दा सामान नदिने धम्की समेत थोक बिक्रेताले दिन्छन । बीरगंजको घण्टाघरको दक्षीणपट्टी पान गल्लीमा रहेका किराना पसलहरु पनि सबै थोक बिक्रेता हुन ।

 

नेपाली उत्पादनका मुख्य बितरकहरुले पनि रकम बराबरको बिल माग्नेहरुलाई अहिले सामान नदिने नीति लिएका छन । बजारमा यो खाले कार्टेलिङ गरेर कालोबजारीलाई संस्थागत गर्ने र राजस्व मार्ने काम प्रति स्थानीय प्रशासन र सरोकारवाला निकायले ध्यान दिन आवश्यक भएको ति ब्यापारीको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.