logo

मापदण्डविपरीत उद्योग सञ्चालन गरे त्यसको क्षतिको जिम्मेवार सम्बन्धीत पक्ष हुने सरोकार समितिको ठहर

      5/12/2020 गते 00 00 मा प्रकाशित     1422   पटक पढिएको


सीमरा ३० बीरगंज

जितपुरसिमरा उपमहानगरपालिका भित्र रहेका उधोगहरु स्थानीयवासीको निरन्तर बिरोधका बाबजुद पनि सरकारले तोकेको मापदण्ड बिपरित गएर सञ्चालन गरेपछि जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले आफ्नो ध्यान गम्भीररुपमा आकृष्ट भएको जनाएको छ ।

 

सरकारले सञ्चालन गर्ने उद्योगलाई मजदुर तथा कर्मचारीहरुका लागि कार्यक्षेत्र भित्रै खाने बस्ने व्यवस्था, सेनिटाइज सहित उद्योग सञ्चालन गर्नेगरी अनुमति दिने निर्णय गरेको थियो तर सो मापदण्डलाई उल्लंघन गर्दै सुर्य नेपाल, हुलास स्टिल,जगदम्बा स्टील,राजेस मेटल,डावर नेपाल,अशोक स्टीलले उद्योग सञ्चालन गर्न लागेपछि सरोकार समितिको गम्भीर ध्यान आकृष्ट भएको संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।

 

आज बसेको सरोकार समितिको बैठकले प्रदेश नम्बर  २ सङ्क्रमणको हिसाबले अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेकोले यस्तो अवस्थामा मापदण्ड भन्दा बाहिर गएर उद्योग सञ्चालन नगर्न उद्योगी व्यवसायी संग आग्रह गर्नुका साथै मापदण्डविपरीत सञ्चालन हुने उद्योगलाई बन्द गर्न स्थानीय प्रशासन र स्थानीय सरकारसँग समेत माग गरेको र त्यसमा अटेरी गरेमा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी दिनुका साथै मापदण्ड विपरीत सञ्चालनहुने उधोगबाट यस क्षेत्रमा कुनै किसिमको क्षति हुन पुगेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित निकाय हुने सरोकार समितिले ठहर गरेको संयोजक पौडेलले जानकारी दिनुभयो ।

 


त्यसका साथै भारतीय पक्षद्वारा नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक, लिम्पियाधुरा हुदै मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गरेको प्रति भत्सना गर्दै तत्काल  नेपाली भूमी  खालि गर्न भारतीय पक्ष संग आग्रह गर्दै नेपाल सरकारलाई कूटनीतिक रुपमा समस्या समाधान गर्न आह्वान गरेको छ ।

 

सरोकार समितिका संयोजक मनोज पौडेल अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा,कर्ण थापा, नारायण घिमिरे,राजु राज गिरी, रमेस सापकोटा,पेसल मुल्मी लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.