logo

वीरगंज उधोग वाणिज्य संघको टोली सिंगापुरमा,नेपालको आर्थिक बिकासका बिषयमा छलफल

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक २१ गते ०८: १२ मा प्रकाशित     615   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको व्यापारिक भ्रमण टोलीले सिंगापुरका विभिन्न औद्योगिक एवम् व्यावसायिक प्रतिष्ठानका सञ्चालक तथा उद्यमीहरुसँग पहिलो चरणको छलफल सम्पन्न गरेको छ ।


छलफलका क्रममा अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन गर्ने, नेपाली जडिबुटीको लागि अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नेपाललाई एजुकेशन हबको रुपमा विकसित गर्ने, नेपालमा उपलब्ध खनिज पदार्थको लागि वैदेशिक बजारको खोजी गर्ने, अपार सम्भावना बोकेको हाइड्रोपावरहरुको निर्माणको लागि वैदेशिक लगानी निम्त्याउने, सिंगापुर र भियतनामले अंगिकार गरेको विकास नीति नेपालको लागि पनि अनुशरण गर्ने लगायतको विषयमा सम्बद्ध पक्षहरुसँग छुट्टाछुट्टै रुपमा व्यापक छलफल गरेको थियो ।


द्विपक्षीय व्यापार विस्तार, व्यावसायिक सूचना आदानप्रदान, औद्योगिक तथा व्यापारिक प्रदर्शनीमा सहभागिता, आपसी सहयोग आदानप्रदानको लागि सिंगापुर र भियतनाम चेम्बरसँग छुट्टाछुट्टै स्मृति पत्र (एमओयु) मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको प्राप्त समाचारमा उल्लेख छ ।


उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, कार्यसमिति सदस्यहरु सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.