logo

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका वीच द्विपक्षीय व्यापार बिस्तारकालागि सम्झौता

 इसीमाना सम्बाददाता      २०७९ कार्तिक २३ गते ०६: २२ मा प्रकाशित     722   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका वीच द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबद्र्धन, आपसी सहयोग र सद्भावको लागि एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा वीरगञ्ज उवासङ्घको तर्पmबाट अध्यक्ष डा. सुवोध गुप्ता गुप्ता तथा भियतनाम उवासङ्घका तर्पmबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गरेका छन ।

 

सम्झौता पत्रमा दुवै संस्थाले व्यवसायिक गतिविधि, लगानी, प्रविधि हस्तान्तरण, सेवा तथा अन्य आपसी हित हुने व्यवसायिक क्षेत्रको प्रबद्र्धनको लागि सहजीकरण गर्ने उल्लेख छ । सम्झौता पत्रले दुवै देशको उद्योगी र व्यापारी वर्गलाई छलफलका लागि मान्यताप्राप्त मञ्च उपलब्ध गराउन सहयोग गर्ने प्राप्त समाचारमा उल्लेख छ ।

 


सम्झौता अनुसार दुवै राष्ट्रका व्यापारिक भ्रमण टोलीलाई सक्दो सहयोग गर्ने तथा व्यापारिक प्रदर्शनी, मेला, सेमिनारहरुमा दुवै राष्ट्रले सहभागिता जनाउने र आवश्यकतानुसार दुवै संस्थाको संयुक्त बैठक गर्ने कुराहरु उल्लेख गरिएको छ । यस अघि हिजो मात्रै वीउवासङ्घ र सिंगापुर उवासङ्घबीच एमओयुमा हस्ताक्षर भएको छ ।

 


वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरु बीचको बैठकले दुवै देशको व्यापारिक सम्बन्धमा अझ नयाँ आयाम थपिएको छ । नेपालको भियतनामसँग व्यापार वृद्धि र नेपाल र भियतनामका उद्यमीहरुको संयुक्त लगानीमा वीरगञ्जमा नयाँ लगानी भित्रयाउन यस भेटघाटले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास वडा. गुप्ताले व्यक्त गरे ।


नेपालको आर्थिक राजधानीका रुपमा परिचित वीरगञ्ज र भियतनामको आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको होचिमिन्ह सिटीका चेम्बर बीच भएको स्मृतिपत्रमा हस्ताक्षर र द्विपक्षीय सम्बन्धले वीरगञ्जलाई अन्तर्राष्ट्रिय बजारमा अझै सघन रुपमा प्रवेश गराउन मद्दत मिलेको र यस क्षेत्रमा भियतनामी लगानी आउने बाटो सरल बनाएको प्रसङ्गले आपूmहरु उत्साहित बन्न पुगेको डा. गुप्ताले व्यक्त गरे ।


वीउवासङ्घका अध्यक्ष डा. गुप्ताले भियतनाम चेम्बरका पदाधिकारीहरुलाई नेपाल भ्रमणको लागि आग्रह गरिएको र भियतनाम चेम्बरबाट नेपालमा लगानी गर्ने प्रतिबद्धता जाहेर गरिए बमोजिम भियतनाम चेम्बरका भ्रमणसँगै नेपालमा लगानी पनि भित्रिने विश्वास डा. गुप्ताले ब्यक्त गरे ।
उक्त भ्रमण टोलीमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, का.स.स. सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.