logo

चितवन महोत्सवको गृहमन्त्री लामिछानेद्वारा अवलोकन,पाँच लाखले अवलोकन गर्ने २५ करोडको कारोवारको अपेक्षा

      २०७९ पौष २८ गते ०९: १८ मा प्रकाशित     657   पटक पढिएको

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवको अवलोकन गरेका छन् ।

 

आज दिउँसो महोत्सवस्थल पुगेका लामिछानेले नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल’ एक्स्पोसँगै महोत्सवको कृषि प्रदर्शनी अवलोकन गरेका हुन् ।


गृहमन्त्री लामिछानेले महोत्सव अवलोकनपछि सम्बोधन गर्दै युवा उद्यमीहरुको साथमा सधैँ आफू रहेको बताएका छन् । उनले केही नयाँ गर्न खोज्ने युवाहरुलाई आफूले गर्ने कामको प्रपोजल बनाएर गृहमन्त्रालयमा सम्पर्क राख्न आग्रह समेत गरे ।

 

युवाहरु विदेश पठाएर नभइ स्वदेशमा नै स्वरोजगार बनाएर देशको विकास हुने भन्दै यो सरकार नवप्रवद्र्धनमा प्रतिबद्ध भएको लामिछानेको भनाइ छ ।


आफूले आफ्नो राजनीतिक जीवनभर नेपालमा नै उत्पादन भएका लुगा लगाउने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले नेपाली हुनुमा गौरव भएको बताए । नेपाली उद्यमीहरुलाई सबैले स्वागत र सम्मान गरेको अवस्थामा मात्रै देशमा आर्थिक क्रान्ति आउने लामिछानेको भनाइ छ ।

सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सवका मूल संयोजक चुननारायण श्रेष्ठले स्वेदशमा नै लगानी गर्ने वातावरण तयार गर्न र लगानी सुरक्षित हुने अवस्थाको सिर्जना गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु


१४औँ संस्करणको चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु भएको छ ।

 

प्रतियोगितामा विभिन्न जिल्लाका लोक तथा दोहोरी कलाकारहरुले भाग लिएको सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा माघ १ गते हुने प्रधानको भनाइ छ ।


आजको सांस्कृतिक कार्यक्रम तथा दोहोरी प्रतियोगितामा अतिथि कलाकारको रुपमा लोक तथा दोहोरी गायक अमर बिरही गुरुङ र गायिका राधिका हमाल सहभागी भएको प्रधानले बताए । त्यसैगरी, सांस्कृतिक कार्यक्रम अन्तर्गत नै नारायणी कला मन्दिर, आस्था कला केन्द्र, नेपाल तामाङ घुदुङ, थारु कल्याणकारिणी सभा, तमु विद्यार्थी छोँज धीं, नेपाल पुन समाजलगायतको प्रस्तुती रहेको थियो । बिहीबार नै कलाकारहरु सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगेन्दर पान वाला) ले हाँस्य प्रहसनको गरेका प्रधानले बताए ।

महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए । महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ ।


महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीको भनाइ छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए ।


दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.