logo

नारायणी आयल रिफाइनरी उद्योग प्रालिले गर्यो ११ अर्बको व्यापार

 इसीमाना सम्वाददाता     २०७९ फागुन १८ गते ०६: ०७ मा प्रकाशित     710   पटक पढिएको

वीरगंज। नारायणी आयल रिफाइनरी उद्योग प्रालिले एकै वर्ष ११ अर्बको व्यापार गरेको छ ।


नेपाली बजारमा त्रिशक्तिसहित अन्य ६ वटा ब्रान्डमा विभिन्न प्रकारका तेल बेच्ने गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ९४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।

कम्पनीले नेपाली बजारमा त्रिशक्ति, स्माइल, आरेग्य, श्री, निल्मानी, कुन्दर र निलकमल ब्रान्डमा विभिन्न प्रकारका तेल बिक्री वितरण गर्दै आएको छ ।

 

कम्पनीले सन् २०२१ मा १० अर्ब ६५ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८९ मा बारा जिल्लामा सञ्चालनमा आएको कम्पनीले कच्चा तेल आयात गरी प्रशोधन गरी तीन दशकदेखि उच्च कारोबार गर्दै आएको छ । कम्पनीले भटमास, पामोलिन, भेजिटेबल आयल, तोरीको तेल, सन्फ्लावर तेल र पाम तेल गरी वार्षिक १ लाख १७ हजार मेट्रिक टन क्षमतामा प्रशोधन गर्दै आएको छ ।

चाचनको पारिवारिक ग्रुपद्वारा सञ्चालित कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब १७ करोड ४० लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ ।

ग्रुपले तेल प्रशोधनसँगै सिमेन्ट उत्पादन तथा रासायनिक मल क्षेत्रमा व्यापार गर्दै आएको छ । ६ जनाको सञ्चालक समिति रहेको कम्पनीको सम्पूर्ण व्यापार निखिल चाचानले हेर्दै आएका छन । निखिल चचन विगत ७ वर्षदेखि कम्पनीको निर्देशक छन् ।

कम्पनीले सन् २०२२ मा उच्च व्यापार गरेपनि नाफामा भने कमी आएको देखिन्छ । कम्पनीअनुसार सन् २०२१ मा १३।१९ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा ५।२८ प्रतिशत मात्रै नाफा कमाएको छ ।

त्यसैगरी कम्पनीले चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा ३ अर्ब ९० करोड रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीले व्यापार गरेकोमा निर्यातको हिस्सा १८ प्रतिशत छ । सन् २०२२ को पहिलो अर्धवार्षिकमा निर्यातको हिस्सा ५५ प्रतिशत थियो ।

नेपालबाट प्रशोधन भएको तेल विशेषगरी भारतीय बजारमा निर्यात हुन्छ । तर, भारत सरकारले सन् २०२२ को मे २४ बाट भटमास र सन्फ्वालर तेलको कच्चा पदार्थ आयातको भन्सार शुल्कमा छुट दिएको छ ।

भारतले उपभोक्तालाई सहज र सस्तो मूल्यमा तेल प्रदान गर्ने उद्देश्यसहित भन्सार शुल्क घटाएसँगै नेपालबाट निर्यात हुने तेलमा भारी गिरावट आएको छ ।

कम्पनीले व्यापार गरेकोमध्ये ९१ प्रतिशत हिस्सा कच्चा पदार्थको मात्रै छ । साथै, कम्पनीले आम्दानी गरेकोमध्ये ४९ प्रतिशत हिस्सा निर्यातको छ । बाँकी हिस्सा भने नेपालमै खपत हुने गरेको कम्पनीको भनाइ छ । कम्पनीअनुसार आन्तरिक बजारमा मात्रै ५ अर्बको व्यापार हुने गरेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.