logo

नारायणी आयल रिफाइनरी उद्योग प्रालिले गर्यो ११ अर्बको व्यापार

 इसीमाना सम्वाददाता     २०७९ फागुन १८ गते ०६: ०७ मा प्रकाशित     614   पटक पढिएको

वीरगंज। नारायणी आयल रिफाइनरी उद्योग प्रालिले एकै वर्ष ११ अर्बको व्यापार गरेको छ ।


नेपाली बजारमा त्रिशक्तिसहित अन्य ६ वटा ब्रान्डमा विभिन्न प्रकारका तेल बेच्ने गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ९४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।

कम्पनीले नेपाली बजारमा त्रिशक्ति, स्माइल, आरेग्य, श्री, निल्मानी, कुन्दर र निलकमल ब्रान्डमा विभिन्न प्रकारका तेल बिक्री वितरण गर्दै आएको छ ।

 

कम्पनीले सन् २०२१ मा १० अर्ब ६५ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८९ मा बारा जिल्लामा सञ्चालनमा आएको कम्पनीले कच्चा तेल आयात गरी प्रशोधन गरी तीन दशकदेखि उच्च कारोबार गर्दै आएको छ । कम्पनीले भटमास, पामोलिन, भेजिटेबल आयल, तोरीको तेल, सन्फ्लावर तेल र पाम तेल गरी वार्षिक १ लाख १७ हजार मेट्रिक टन क्षमतामा प्रशोधन गर्दै आएको छ ।

चाचनको पारिवारिक ग्रुपद्वारा सञ्चालित कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब १७ करोड ४० लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ ।

ग्रुपले तेल प्रशोधनसँगै सिमेन्ट उत्पादन तथा रासायनिक मल क्षेत्रमा व्यापार गर्दै आएको छ । ६ जनाको सञ्चालक समिति रहेको कम्पनीको सम्पूर्ण व्यापार निखिल चाचानले हेर्दै आएका छन । निखिल चचन विगत ७ वर्षदेखि कम्पनीको निर्देशक छन् ।

कम्पनीले सन् २०२२ मा उच्च व्यापार गरेपनि नाफामा भने कमी आएको देखिन्छ । कम्पनीअनुसार सन् २०२१ मा १३।१९ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा ५।२८ प्रतिशत मात्रै नाफा कमाएको छ ।

त्यसैगरी कम्पनीले चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा ३ अर्ब ९० करोड रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीले व्यापार गरेकोमा निर्यातको हिस्सा १८ प्रतिशत छ । सन् २०२२ को पहिलो अर्धवार्षिकमा निर्यातको हिस्सा ५५ प्रतिशत थियो ।

नेपालबाट प्रशोधन भएको तेल विशेषगरी भारतीय बजारमा निर्यात हुन्छ । तर, भारत सरकारले सन् २०२२ को मे २४ बाट भटमास र सन्फ्वालर तेलको कच्चा पदार्थ आयातको भन्सार शुल्कमा छुट दिएको छ ।

भारतले उपभोक्तालाई सहज र सस्तो मूल्यमा तेल प्रदान गर्ने उद्देश्यसहित भन्सार शुल्क घटाएसँगै नेपालबाट निर्यात हुने तेलमा भारी गिरावट आएको छ ।

कम्पनीले व्यापार गरेकोमध्ये ९१ प्रतिशत हिस्सा कच्चा पदार्थको मात्रै छ । साथै, कम्पनीले आम्दानी गरेकोमध्ये ४९ प्रतिशत हिस्सा निर्यातको छ । बाँकी हिस्सा भने नेपालमै खपत हुने गरेको कम्पनीको भनाइ छ । कम्पनीअनुसार आन्तरिक बजारमा मात्रै ५ अर्बको व्यापार हुने गरेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.