logo

सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढायो

 इसीमाना सम्वाददाता     २०७९ फागुन १९ गते ०६: ४६ मा प्रकाशित     587   पटक पढिएको

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरेको हो ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाइएको छ ।

 

राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो ।

बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवका अनुसार विभिन्न कारण दूध उत्पादन लागत मूल्य बढेकाले किसानको हितलाई ध्यानमा राखेर मूल्य बढाउन प्रस्ताव गरिएको थियो ।

२०७४ सालदेखि हरेक २–२ वर्षमा दूधको मूल्य बढाउने प्रणाली बनाइएको भए पनि यसपटक किसानको लागत धेरै बढेको पाइएकाले १ वर्षमै बढाउन प्रस्ताव गरिएको उनले बताए ।

 

गत वर्ष माघ २८ गते सातौं पटक दूधको मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो भने उपभोक्ताले तिर्ने मूल्य ८६ रुपैयाँ पुगेको थियो । १० वर्षमा किसानले पाउने मूल्य ६१ प्रतिशतले बढ्दा उद्योगीले पाउने मूल्य भने ७९ प्रतिशतले बढेको थियो ।

यसपटक किसानका लागि कम्तीमा ७ रुपैयाँ र बढीमा १० रुपैयाँ बढाउन प्रस्ताव गरिएकोमा सरकारले ९ रुपैयाँ १ पैसा बढाएको छ । ‘हामीले कम्तीमा किसानले प्रतिलिटर ६३ रुपैयाँ ४ पैसा पाउने गरी मूल्य बढाउन प्रस्ताव गरेका थियौं,’ बोर्डका कार्यकारी निर्देशक यादवले भने ।

बोर्डले हालै गरेको अध्ययनले किसानको दूध उत्पादन लागत प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पाइएको थियो । ‘हामीले आफैं फिल्डमा गएर पनि अध्ययन गर्‍यौँ, स्वतन्त्र रुपमा पनि अध्ययन गरायौं,’ उनले भने, ‘त्यसै आधारमा मूल्य बढाउन प्रस्ताव गरेका थियौं ।’

विश्वव्यापी महामारी कोभिड(१९ का कारण दूध उत्पादन लागत ११.५३ प्रतिशतले बढेको उनले बताए ।

अहिले देशभर वार्षिक करिब २५ लाख टन दूध उत्पादन भइरहेको छ । गत वर्ष २४ लाख ८० हजार टन दूध उत्पादन भएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

उत्पादितमध्ये १७ प्रतिशत औपचारिक र ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट कारोबार हुने गरेको बोर्डले जनाएको छ । बाँकी ५० प्रतिशत घरेलु प्रयोजन र घर(घरबाटै छिमेकीकहाँ खपत देखिएको छ ।

‘हामी दूधमा करिब आत्मनिर्भर छौं,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले दुग्ध उत्पादन किसानको पक्षमा निर्णय गर्नैपर्छ ।’

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.