logo

होटल तथा पर्यटन क्षेत्रलाई उद्योग सरह मान्यता दिन संघको माँग

 इसीमाना सम्वाददाता     २०८० बैशाख १७ गते ०६: ३० मा प्रकाशित     471   पटक पढिएको

वीरगन्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिन माँग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाएको छ ।


काठमाडौं गएका होटेल तथा पर्यटन ब्यवसायी संघका प्रतिनिधि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर होटल व्यवसायलाई उद्योगको मान्यता पाए उद्योगहरुलाई प्राप्त हुने सहुलियत र सुबिधाहरु जस्तै होटलरुले पनि पाउने आधार बन्ने उनीहरुको तर्क सहित ज्ञापनपत्र बुझाएका हुन् ।

 

होटेल ब्यवसायलाई उधोगको मान्यता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल सकारात्मक भएको संघका अध्यक्ष हरि पन्ते जानकारी दिए ।

 

यसअघि पनि उठाउदै आएको विषय भएपनि अहिलेसम्म माग सम्बोधन हुन नसकेको भन्दै उद्योग सरह होटल व्यावसायलाई पनि मान्यता दिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

 

उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा बैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम होटल तथा पर्यटन क्षेत्र नै भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै पहिचान गरिएको महत्वपुर्ण क्षेत्र रहेको उद्योग सरह मान्यता दिन माग गरेका हुन् ।

 

‘होटेल तथा पर्यटन ब्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्दत मिल्ने पनि विश्वास लिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तले बताए ।

ज्ञापनपत्र बुझाउन जाने टोलीमा बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा महासचिव मधाव बस्नेत, हिरा श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.