logo

बिगत १३ वर्षमा मधेशका दश लाख युवा बैदेशीकर रोजगारीमा, सबैभन्दा कम पर्साका

 इसीमाना सम्वाददाता     २०८० जेठ १८ गते ०५: ५७ मा प्रकाशित     551   पटक पढिएको

जनकपुरधाम । पर्सा जिल्लाबाट बितेको १३ वर्षमा बैदेशीक रोजगारीमा ४५ हजार ८ सय ६३ जना युवायुवती गएका छन । बितेको १३ वर्षमा मधेश प्रदेशबाट भने १० लाख ३९ हजार ७५४ जना युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका छन् ।


सबभन्दा बढि धनुषा जिल्लाबाट २ लाख १६ हजार १२२ जना विदेशिएका छन् ।महोत्तरीबाट १ लाख ९६ हजार ८९५ जना, सिरहाबाट १ लाख ७८ हजार २३५ जना, सप्तरीबाट १ लाख २७ हजार १४८ जना, सर्लाहीबाट १ लाख २६ हजार ६५६ जना, रौतहटबाट ७५ हजार ७०२ जना, बाराबाट ७३ हजार १३३ जना छन ।

 

सुरक्षित आप्रवासन (सामी) परियोजनाले उपलब्ध गराएको तथ्यांक अनुसार बैदेशीक रोजगारीमा जाने संख्या मधेश प्रदेशमा सबै भन्दा कम पर्साका रहेका छन ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थाले पनि रेमिट्यान्स भने घटिरहेको देखिन्छ । यो अवधिमा हुण्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरु सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकारहरु बताउँछन् । यद्यपी चालु आर्थिक वर्षको मासिक रेमिट्यान्सको अवस्था संतोषजनक रहेको देखिन्छ ।


गत साउनमा ९२ अर्ब २ करोड, भदौमा ९४ अर्ब ८ करोड, असोजमा ९४ अर्ब, कार्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब ५ करोड, पुसमा १ खर्ब ४ अर्ब ६ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड, फागुनमा १ खर्ब ४ अर्ब ४ करोड र चैतमा १ खर्ब ९ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्सवापत नेपाल भित्रिएको तथ्यांक छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.