logo

सम्झौता पनि छैन ,पहिलो किस्ता दाखिला पनि छैन ,नियम बिपरित ठेकेदार कम्पनी सवारी कर असुल्दै

      7/19/2020 गते 00 00 मा प्रकाशित     1689   पटक पढिएको

बीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षकालागि सवारी ब्यवस्थापन सेवा शुल्क ठेक्कामा लागउने प्रक्रिया बिपरित ठेकेदार कम्पनीलाई शुल्क उठाउन अनुमती दिएको छ । 

 


यस वर्षकालागि आर्यन कन्सट्रक्शनले ४ करोड ९० लाखमा सवारी ब्यवस्थापन सेवा शुल्ककालागि ठेक्का कबोल गरेको छ । 
बीरगंज महानगरले जेठ २ गते ठेक्का बन्दोबस्तीकालागि ३० दिनको सूचनामा शिलबन्दी बोल पत्र आव्हान गरेको थियो ।

 

तर सो ठेक्का असार ३० गते महानगरले स्वीकृत गरेको देखिन्छ । महानगर ठेक्का स्वीकृत पनि सात दिने आशय पत्र प्रकाशन गर्नु पर्ने प्रावधान रहेको छ ।

 

आशय पत्र प्रकाशनको म्याद सकिएपछि मात्र ठेक्का बन्दोवस्ती सकार गर्ने कम्पनी र बीरगंज महनगर पालिकाका वीचमा सम्झौता भएपछि मात्र चलन पूर्जी जारी हुने प्रावधान रहेको छ । महानगरले सात दिने आशय पत्र प्रकाशन गरेपछि पनि ठेक्का सकार गरेको कम्पनीले सम्झौतामा भाग नलिन पनि सक्छ । 


तर बीरगंज महानगरपालिकाले ठेक्का सकार गर्ने कम्पनीसंग सम्झौता नै नगरि सवारी कर असुल्न चलन पूर्जी जारी गरेको छ । चलनपूर्जी दिदा पहिलो किस्ता ठेकेदार कम्पनीले महानगरमा दाखिला गर्नु पर्नेमा त्यो पनि बुझाएको छैन । 


ठेक्का बन्दोबस्तीकालागि प्रक्रिया शुरु गर्दा असार मसान्तमा सम्झौतमा गरेर साउन १ गते चलन पूर्जी जारी गर्ने समय हुदा हुदै म्याद गुजार्ने काम किन भयो ? अहिले यो प्रश्न गम्भिर रुपमा उठन थालेको छ ।

 

बीरगंज महानगरपालिकाका राजस्व ब्यवस्थापन महाशाखाका प्रमुख रामदयाल यादव बीरगंज महानगरपालिकाको असार ३० मा भएको कार्यपालिकाको बैठकले ठेक्का सकार गर्ने कम्पनीलाई चलन पूर्जी दिने निर्णय गरेको बताउनुहुन्छ । तर कार्यपालिकाका एक सदस्यले त्यस्तो निर्णय नभएको दावी गर्नु भयो । 


सार्वजनीक खरिद ऐन २०६३, स्थानीय तह संचालन ऐन २०७४ र बीरगंज महानगरपालिकाको आर्थिक ऐन २०७७ अनुसार ठेक्का बन्दोवस्त भएको अवस्थामा ठेक्का सकार गर्ने कम्पनीसंग समझौता नहुदै र उसले ठेक्का रकम वापतको पहिलो किस्ता महानगरमा दाखिला नगर्दै उसैलाई सेवा शुल्क उठाउन दिने निर्णय गर्ने नगरपालिकाको बोर्डले कुन कानूनको साहारा लिएको हो भन्ने प्रश्न उठेको छ ।

 

महानगरको बोर्डले गर्ने सबै निर्णय काूनन सम्मात हुन्छन वा त्यसले कानून झै काम गर्न सक्छ भन्ने हुदैन एक जना कानून ब्यवसायीले भन्नु भयो “महानगर बोर्डको निर्णण पनि काूनन सम्मत हुनु पर्छ उसको निर्णय कानून सरह हुदैन ।

 

महानगर प्रमुख बिजय कुमार सरावगीले भने सवारी ब्यवस्थापन शुल्क उठाउनकालागि दिइएको निर्णय सार्वजनीक खरिद ऐन अनुसार नै भएको बताउनु भयो । उहाँले ठेक्का रकम बोलकबुल अंकमा दिनमा पर्न आउने रकम दामासाही गरेर जसलाई ठेक्का परेको हो उसैलाई दश दिन अर्थात साउन १० गते सम्म उठाउन दिइएको बताउनु भयो ।

 

उहाँले बोर्ड बैठकमा छलफल भएर यस्तो निर्णय गरिएको बताउनु भयो । आशय पत्र प्रकाशन पछिको प्रक्रिया गर्नु पर्दा यस्तो निर्णय लिन परेको उहाँले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.