logo

गोल्छाको चीनीमिल संघाईको त्रिवेणी ग्रुपले किन्यो

 इसीमाना सम्वाददाता     २०८० सावन १२ गते १०: ३३ मा प्रकाशित     453   पटक पढिएको

बीरगंज । गोल्छा ग्रुप र विशाल ग्रुपले ऋण नतिरेपछि नेपाल बैंकले लिलामीमा निकालेको रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लिलाम भएको छ ।

 

श्रीराम सुगर मिल्स सांघाईहरु (रामचन्द्र सांघाई र विरेन्द्र सांघाई ) को त्रिवेणी ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले किनेको हो । रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजमा त्रिवेणी ग्रुपसहित शिवशक्ति ग्रुपको लगानी छ ।

 

रिलायन्स सुगरले ४३ करोड ६० लाखमा श्रीराम सुगर मिल्स सकारेको हो ।

श्रीराम सुगर मिल्सले ऋण नतिरेपछि नेपाल बैंकले गत जेठ ३२ गते लिलामीको प्रक्रिया सुरु गरेको थियो । बैंकले साउन ४ गतेसम्म लिलाम बढाबढमा बोलपत्र पेश गर्न भनेको थियो ।

 

बैंकले न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ तोकेर सूचना निकालेको भएपनि रिलायन्स सुगरले ४३ करोड ६० लाख कबोल गरेर सकारेको हो ।

श्रीराम सुगर मिल्समा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कर्मचारी सञ्चय कोषले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । ऋणको ब्याजसमेत जोड्दा साँवा र ब्याजसहित अहिले २६ करोड रुपैयाँ पुगेको छ ।

श्रीराम सुगर मिल्समा गोल्छा समूहले साझेदार भित्र्याउने क्रममा विशाल ग्रुपलाई प्रवेश गरायो । उद्योगले १ः३ को अनुपातमा ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको माग गरेको भएपनि धितोपत्र बोर्डले स्वीकृति दिएन ।

 

त्यसपछि २०४९ साल साउनमा गोल्छा समूहले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन देखि पूर्णरूपमा बन्द भएको थियो। रौतहट गरुडामा रहेको श्रीराम सुगर मिल्सको नाममा ८० बिगाहा जमिन छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.