logo

राजस्व संकलनमा गम्भिर असर, पेट्रोलको तस्करीको नयाँ तथ्य सार्वजनीक

 इसीमाना सम्वाददाता     २०८० असोज ४ गते ०७: ११ मा प्रकाशित     983   पटक पढिएको

वीरगञ्ज ।पेट्रोलियम पदार्थको तस्करीको डरलाग्दो रहस्य सार्वजनीक भएको छ । पेट्रोल ढुवानी गर्ने टंयाकरबाटै पेट्रोल ढुवानीको मुख्य बिन्दुबाटै तस्करी हुने गरेको तथ्य सार्वजनीक भएको हो ।

 


एउटा बिशेष सूचना पाएपछि पेट्रोल बोकेर आएका पाँचवटा ट्यांकरमा चेकजाँच गर्ने गर्ने प्रवन्ध मिलाएको सुरक्षा स्रोतले जनायो । अघिका दुइवटा र पछिका दुईवटामा घोषणा गरे अनुसारको पेट्रोल थियो तर वीचकोमा घोषणा भन्दा धेरै पेट्रोल भएको फेला पर्यो ।

 

भदौ ३१ गते बरौनीबाट पेट्रोल बोकरे आएको ना ४ ख ३१५६ नम्बरको ट्यांकरमा घोषणा गरिएभन्दा बढी एक हजार ७ सय लिटर बढी तेल भएको भेटिएको हो ।

ट्यांकर चालकले २० केएल अर्थात् २० हजार लिटर पेट्रोल भएको भनी घोषणा गरेर तौल गर्न लगाएका थिए। तर बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा तौल गर्दा ट्यांकरमा एक हजार ७ सय लिटर बढी पेट्रोल लोड रहेको पाइएको सुरक्षा स्रोतले बतायो ।

 

भारतबाटै सिलबन्दी गरेर आउने ट्यांकरमा बढी इन्धन भएको भेटिएपछि ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए ।

भारतको बरौनीबाट पेट्रोल सिलबन्दी गरेरै आउने गरेको छ । यस्तोमा पेट्रोल कसरी बढी भयो भन्ने कुरा अनुसन्धान हुदै गरिएको भंसारका अधिकारीले बताएका छन ।

 

पेट्रोलको तस्करीमा टंयाकरका मालिकको पनि संलग्नता बारेमा अनुसन्धान भइरहेको सुरक्षास्रोतले जानकारी दिएको छ । पेट्रोलको तस्करी राजस्व संकलन असर पार्ने घटना भएको सुरक्षा स्रोतको टिप्पणी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.