logo

लिनेदिने मिले प्रहरी मौन बस्ने उपरिक्षक श्रेष्ठको प्रतिक्रिया,एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताद्वारा लाखौं हिनामिना

 इसीमाना सम्वाददाता     २०८० असोज १५ गते ०७: ५६ मा प्रकाशित     1426   पटक पढिएको

गौर । रौतहटको गरूडा बजारस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरूद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ। उजुरीकर्ताहरु सबै बैंकका सेवाग्राही हुन् ।

 

उनीहरूले प्रबन्धक गुप्ताले आफूहरुसँग खाली चेक लिएको र पछि सोही चेकबाट अनधिकृत रुपमा रकम निकालेको दावी गर्दै उजुरी दिएका हुन् । शाखा प्रबन्धक गुप्ताले ८५ लाखभन्दा बढी रकम झिकेको प्रहरी स्रोतले बतायो ।

ऋण लगानी गर्दा एनआईसी एशिया बैंकका कर्मचारीले ग्राहकसँग कमिशन लिने गरेको खुलासा भएको छ । आफूहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भीर भएकाले अनुसन्धान जारी राखिएको बताए । तर श्रेष्ठले बैंक प्रवन्धकलाई थुनामा राखेर अनुसन्धान गर्नुको साटो तारेखमा राखेका छन । उनी थुनामुक्त हुदा प्रमाणहरुसंग चलखेल गर्ने छुट पाएका छन । गुप्ताले यो सुविधा आर्थिक नजराना बुझाए बावत पाएको स्रोतको दावी छ ।

 

रौतहट प्रहरीले न्याय भन्दा पनि आफनो प्रोफिट हेरेर काम गर्दै आएको पीडतहरुको भनाई छ । नीति बिधि सम्बैधानिक प्रवन्धहरु प्रहरीकालागि महत्पूर्ण छैनन । त्यसको दृष्टान्तका रुपमा बैकिङ कसुरमा दीलीप साह बिरुद्ध उजुरी दर्ताको प्रकरणले पनि पुष्टि गरेको छ । साहले सुनिल पाण्डेय बिरुद्ध जेठ ५ गते जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका थिए ।

 

तिनै पाण्डेयले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा चेक अनादरमा साह बिरुद्ध उजुरी दिए । उजुरी दिने पाण्डेय पर्साका थिए रौतहट प्रहरीले पाण्डेय बिरुद्ध पर्साम कुनै उजुरी छ की छैन भन्ने कुनै खोजखवर नगरि साह बिरुद्ध उजुरी दर्ता गरेको थियो । यसो गर्नुको पछाडी रौतहट प्रहरीका तत्कालीन मुद्दा शाखामा कार्यरत विन्देश्वरी यादवले नजराना लिएर यो मुद्धा दर्ता गरेका हुन ।

 

आर्थिक नजरानाका कारण महेन्द्र श्रेष्ठको कमाण्डमा रहेको रौतहट प्रहरी पीडकको मतियारमा रुपान्तरण भएको छ । यसले त्यहा रहेका इमान्दार प्रहरीलाई समेत निकै सकस भएको छ ।


बैंक घोटाला काण्डमा पनि जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जनाले दिएको उजुरीमा ऋण स्वीकृत गरेवापत शाखा प्रबन्धक गुप्ताले जय बाबा वैद्यनाथ एग्रीकल्चर कम्पनी प्रालि चन्द्रपुर नपा १०, अशोका एग्रिकल्चर दुर्गा भगवती गाउँपालिका १ र अम्बे कृषि फर्म चन्द्रपुर ८ का प्रोप्राइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपैयाँ ७ महिना अघि लिएर फिर्ता नगरेको उल्लेख छ । यत्रो रकमको अपचलन हुदा समेत प्रवन्धकले उन्मुक्ति पाउनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्लाही बरहथवा नगरपालिका १० सुन्दरपुर चोहर्वामा रहेको ४ बिगाह १७ कटठा जमिन अशोक कुमार साहले एनआईसी एशिया बैंकमा धितो राखी ४ करोड ७५ लाख ऋण स्वीकृत गराएका थिए।

 

सहुलियतपूर्ण कृर्षि कर्जा प्रयोजनको लागि गत माघमा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि शाखा प्रबन्धक गुप्ताले अशोका एग्रीकल्चर दुर्गा भगवती १ का प्रोप्राइटर अशोक कुमार साहसँग नौ वटा खाली चेकमा सही गराएर लिएको दावी उजुरीमा गरिएको छ । सोही चेकहरूबाट रकम निकालेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

२०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार झिकेको अनुसन्धानमा देखिएको छ ।

यसै गरी जय बाबा वैद्यनाथ एग्रीकल्चर कम्पनी प्रालि चन्द्रपुर १० को नाममा रहेको चन्द्रपुर १० डुमरियाको २५ कटठा र चन्द्रपुर ९ को घरसहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोप्राइटर पुष्पनाथ साहका छोरा राकेश साहसँग ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर प्रबन्धक गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ बाट मनिषा देवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधव प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको अनुसन्धानमा खुलेको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८ का चेकको विवरण बैंकले दिन आनाकानी गरिरहेको छ ।

बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गरेवापत कमिशन लिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

 

रौतहट प्रहरी प्रमुखले भने बैंक प्रवन्धक र निवेदकहरु मिलेर आए आफू मौन बस्ने प्रतिक्रिया संचारमाध्यमलाई दिएका छन । नागरिकको बचत , सहुलियत दरमा दिइने ऋणको अपचलनको बिषयमा कोही मिल्दैमा प्रहरी चुप हुने कुरा पनि न्यायीक नहुने कुरालाई प्रहरी उपरिक्षक श्रेष्ठले नजरअन्दाज गरेका छन ।


गुप्तासहितका बैंकका कर्मचारीले कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारीलगायतका व्यक्तिको नाममा कमिशन रकम निकालेको आरोप छ। यस्तो आरोपमा संघीन अनुसन्धान हुनुमा प्रहरी गुप्ताको प्रभावमा परेर अनुसन्धान प्रभावकारी गरिरहेको छैन भन्ने आरोपलाई बल पु¥याइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.