logo

तत्कालीन मालपोत अधिकृत पोख्रेल र बिश्वकर्मा सहित चार जना भ्रष्टाचारी ठहर

 इसीमाना सम्वाददाता     २०८० पौष २७ गते ०९: ०० मा प्रकाशित     571   पटक पढिएको

वीरगञ्ज । राजस्व रकम हिनामिना गरेका मालपोत कार्यालय पर्साका चार जना कर्मचारीहरुलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।

मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश प्रसाद पोखरेल, गम बहादुर विश्वकर्मा, नायव सुब्बा मदन प्रसाद गुप्ता, लेखापाल नागेन्द्र प्रसाद चौधरीलाई बिशेष अदालतले भ्रष्टाचार मुदामा दोषी ठहर गरेको हो ।


अदालतका न्यायाधीश टेक नारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गएको बुधबार चारैजनालाई दोषी ठहर गरेको हो । अदालतले दोषी ठहर गर्दै चारैजनालाई सजाय निर्धारणको लागि पेश गर्ने आदेश दिएको हो ।

उनीहरु बिरु४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ साल चैत २८ गते बिशेष अदालतमा मुद्दा दायर गराएको थियो । आर्थिक बर्ष २०७२÷७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियम अनुसार दाखिला नगरी हिनामिना गरेको पाइएको थियो ।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख प्रकाश प्रसाद पोखरेल बिरुद्ध ९३ लाख ६६ हजार २०९, तत्कालीन कार्यालय प्रमुख गम बहादुर विश्वकर्मा बिरुद्ध एक लाख ४१ हजार ८ सय २५ रुपैया बिगो माग गर्दै भ्रष्टाचार मुदा दायर गराएको थियो ।

यसैगरि कार्यालयका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र तत्कालीन लेखापाल नागेन्द्र प्रसाद चौधरी बिरुद्ध जनही ९५ लाख ८ हजार ३४ रुपैयाँ विरुद्ध ९५ लाख ८ हजार ३४ रुपैया बिगो माग गरिएको थियो । गुप्ता यो भन्दा अगाडि पनि राजस्व हिनामिना गरेको काण्डमा दोषी ठहर भएका छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.