logo

मरिच र केराउको आयातमा सरकारी फूकुवा ,छोकडा बारेमा सरकारी मौनता, निष्पक्षतामाथि उठ्यो गम्भिर सवाल

      9/2/2020 गते 00 00 मा प्रकाशित     1666   पटक पढिएको

सरकारले केराउ र मरिचको आयात खोल्ने निर्णय गरेसंगै बिभिन्न प्रश्नहरु पनि उब्जेको छ  । सरकारले ०७६ चैत महिना अगाडि सिपिङ भएको मरिच र केराउ आयातको प्रतिवन्ध फूकुवा गरे पनि छोकडा आयातको प्रतिवन्ध यथावत राखेपछि सरकारको निष्पक्षता र नियतमाथि नै प्रश्न उठेको हो । 

 


सरकारको एउटै निर्णयबाट सुन, गाडी ,मरिच ,मोटर र छोकडाको आयात प्रतिवन्ध लगाइएको थियो । तर आयात फूकुवा गर्दा सरकारले बिभेदकारी नीति लिएको आयतकर्ताहरुको आरोप छ । बीरगंजको सुख्खा बन्दरगाहको यार्ड सम्म आइपुगेको मरिच आयातकर्ताहरुले धेरै जसोले फिर्ता गरिसकेका छन ।

 

तर छोकडा आयातका हिसावले पनि कम परिमाणको भएपनि  त्यसप्रति सरकारको नीति अनुदार देखिएको छ । सरकारले ०७६ चैत १६ गते प्रतिवन्ध घोषणा गर्दा पनि ब्यपार बिज्ञहरुले छोकडा,मरिच र केराउको आयातको प्रतिवन्धलाई अनुचीत मानेका थिए । 

 


कोरोना भाइरसको संक्रमणको बिरुद्धको घरेलु औषधीमा मरिचको उपचोग बढ्दो छ । मरिचको नेपालमा उत्पादन हुदैन । छोकडामा मानव शरिरकोलागि आवश्यक बस्तुमा पर्छ त्यसको उपयोगले शरिरलाई ताकत दिन्छ ।

 

र केराउ गेडागुडी रोग प्रतिरोधात्मक क्षमताका बृद्धिकालागि आवश्यक हुने भएकोले आयातमा प्रतिवन्ध सरकारी मूर्खताको रुपमा रहेको छ । अहिले नेपालको सबै सीमा सिल भएको अवस्थामा अनधिकृत निकासीको सरकारी तर्कलाई मान्ने हो भने सरकारलाई आफनै संरचना प्रति बिश्वास छैन ।

 

शिल भएको बेलामा तस्करीको माध्यमले भारत निकासी हुन्छ भनेर आयात रोक्नु सरकारीको बहुलठीपन मात्र हो । 


गत वर्षको पहिलो ८ महिनामा ५ अर्व ७६ करोडको केराउ आयात भएको थियो । २ अर्व ९८ करोडको मरिच आयात भएको थियो । छोकडा २ अर्व ४५ करोडको आयात भएको थियो । 


 मरिचलाई आयुर्वेदिक डाक्टरले पनि खान सिफारिस गर्ने गरेका छन् । तर यो स्वदेशमा उत्पादन हँुदैन । हरियो केराउ स्वदेशमा उत्पादन भए पनि पर्याप्त छैन । यीबाहेक छोकडा पनि स्वास्थ्यका लागि प्रतिकूल नभएको अर्थविद् केशव आचार्यले बताउनु हुन्छ । 


अर्थविद् आचार्य भने यस्ता वस्तु अहिले चोरी निकासी हुन नसक्ने दाबी गर्नुहुन्छ। ‘नाका सबै बन्द छन् । खाद्य वस्तु भारततर्फ चोरी निकासी गर्न सम्भव छैन,’ उनले भने, ‘तस्करी हुने कल्पना पनि गर्न सकिन्न ।’ तर सरकार मरिच र केराउमा तस्करी हुने देख्दैन छोकडामा मात्र तस्करी हुने देख्छ ।

 

मंत्रीपरिषदमा प्रस्ताव लैजाने तालुकवाला मंत्रालयका मंत्री र मंत्रालयका सचिवसम्म आयातकर्ताको नजराना नपुगेर छोकडाको आयात खुला नभएको ब्यवसायीहरुको बिश्लेषण रहेको छ । 


विज्ञहरूले सरकारले सवारीसाधन र सुनमा गरेको कडाई  उचित भए पनि केराउ, मरिच र छोकडाको प्रतिबन्ध उचित नभएको तर्क गर्छन् ।
बीरगंजको सुख्खा बन्दरगाहमा करिब ३७ करोड मूल्य बराबरको छोकडाका रोकिएको छ । चैत देखि यत्रो रकमको लगानी अनिर्णय भइरहदा लगानीकर्ता गम्भिर समस्यामा परेका छन । सरकारले ब्यवसाय गर्ने े वतावरण बनाउने जिम्म्ेवारी बोकेछ छ  ।

 

 

तर मरिच केराउ र छोकडाको बिषयमा सरकारको निर्णय न्यायीक नभएको ब्यवसायीको भनाई छ । ब्यवसायीले  आर्थिक चलखेललाई आधार बनाएर सरकार यस्तो निर्णयमा पुगेको भन्दै सरकारी निर्णयको कडा आलोचान गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.