logo

जगदम्बाको  डण्डी गुणस्तरहीन बिक्रीमा सरकारले लगायो रोक, गुणस्तरहिन डण्डी नष्ट गर्न बिभागको निर्देशन

      9/15/2020 गते 00 00 मा प्रकाशित     1201   पटक पढिएको

बाराको सीमरामा रहेको  जगदम्बा स्टील्स उधोगले उत्पादन गरेको फलामे डण्डीलाई बिक्री गर्न सरकारले रोक लगाएको छ ।

 

डण्डीको गुण परिक्षण गर्दा  गुणस्तरहीन प्रमाणित भएपछि सरकारले बिक्रीमा रोक लगाएको हो । उधोगले पनि  ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भन्दै आफनो उत्पादन गुणस्तरहीन भएको स्वीकार गरेको छ । गुणस्तर तथा नापतौल विभागको कारबाही स्वीकार गर्दै उसले गल्ती भएको स्वीकार गरेको हो  ।

 

‘कालोबजारी गरेको स्वीकार गर्ने शंकर ग्रुपले  अरुलाई कारवाही नभएजस्तै आफूलाई पनि कुनै कारवाही नहुने बताउदै आएको छ । ब्यपारीकोपैसाका अगाडि शंकर ग्रुपको दावीमा दम पनि देखिन्छ । प्रशासनीक छलछामका कारण यस्ता औधोगिक प्रतिष्ठानले  उपभोक्तामाथि खेलबाड गरिरहेको छन ।’

 

व्यावसायिक घराना शंकर ग्रुप देशमा कोरोनाको महामारी चलेका बेला स्वास्थ्य उपकरण कालोबजारी गरेको प्रमाणित भएदेखि नै खराब व्यवसायीका रुपमा बदनाम हुनपुगेको छ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा पक्राउ परी धरौटीमा छुटेलगत्तै कमसल निर्माण सामग्री उत्पादन गरेको आरोपमा कारबाहीमा परे ।

 

यसले मुलुकमा  शंकर ग्रुपको छवि खराब र उपभोक्ता ठग्ने व्यवसायीको रुपमा  स्थापित गरेको छ । खराव छवि  र बदनामी बोक्न सक्ने यो समूह लाई भने मुनाफासंग मात्र मतलब छ ।


कूटनीतिक सुविधा दुरुपयोग गर्दै स्वास्थ्य उपकरण कालोबजारी गर्दा प्रहरीको ‘स्टिङ अपरेसन’मा रङ्गेहात पक्राउ परेका सो ग्रुपका सञ्चालक अग्रवालले त्यतिबेला अनुसन्धान अधिकारीसँग ‘म अर्बपति मान्छे, दुईरचार लाखमा लोभ गर्दा फसें’ भन्दै रोई–कराई गरेका थिए ।

कोरोना कहर भर्खर शुरू हुँदै गर्दा मानवीय संवेदनामाथि खेलवाड गर्न पुगेका अग्रवालप्रति केहीले सहानुभूतिसमेत देखाए । परिमाणस्वरुप उनी धरौटीमा छुट्न पु

गे ।

उक्त समूहको जगदम्बा स्टिल कम्पनीले गुणस्तरहीन रड  उत्पादन गरेको पाइएपछि विभागले सो कम्पनीलाई छड उत्पादनमा रोक लगाएको छ । कम्पनीले १६ एमएमको टीएमटी बार फी ५०० रड उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन उत्पादन गरेको भेटिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

 

जगदम्बाका रड पिटिपिटी भाँचिने गरेको सानोभर्याङस्थित श्रीकृष्ण भट्टराईको गुनासो आएपछि विभागले प्रयोगशालामा परीक्षण गर्दा जगदम्बाको छड गुणस्तरहीन रहेको पाइएको थियो ।

नेपाल गुणस्तर मापदण्डअनुसार छडमा कार्बनको मान ०.३ प्रतिशत (म्याम्स) हुनुपर्नेमा सो कम्पनीको छडमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६ प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएको थियो । नेपाल गुणस्तर प्रमाण चिह्न प्रमाण ऐन, २०३७ तथा नियमावली २०४० को नियम १६० अनुसार कारबाही गर्नुअघि विभागले कम्पनीलाई स्पष्टीकरण सोधेको थियो ।

त्यसक्रममा कम्पनीले दक्ष जनशक्ति नहुदा प्राविधिक त्रुटि भएको स्वीकार गरेको विभाग स्रोतले जनाएको छ । विभागले उक्त छड उत्पादन तथा बिक्रीमा रोक लगाउँदै बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । साथै कम्पनीको गोदाममा रहेको स्टक पनि नष्ट गर्ने जनाएको छ ।


‘देशको मेरुदण्ड जगदम्बा स्टिल’ भन्दै प्रचारप्रसार गर्ने कम्पनीको उत्पादनले जनतालाई झुक्याउँदा अहिले कयौं सर्वसाधारण जोखिममा परेका छन् ।

 

जगदम्बा स्टिलले कमसल कच्चा पदार्थको प्रयोग गरी छड उत्पादन गरेको समाचार विभिन्न सञ्चारमाध्यममा सचित्र आएका थिए । तर, सो समूहले आफ्नो पहुँचका भरमा घटनालाई ढाकछोप गर्दै आएको थियो । अहिले केही कुरामात्रै चुहिन पुगेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.