logo

वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औं साधारणसभा सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० फागुन २८ गते ०५: १९ मा प्रकाशित     803   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औं साधारणसभा बीरगंजमा सोमवार सम्पन्न भएको छ । साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उदघाटन गरेका थिए ।


अध्यक्ष ढकालले निजीक्षेत्रको सुझाव नमान्दा देशमा आर्थिक संकटको सृजना भएको बताए । उनले नीजि क्षेत्रको सुझावलाई सरकारले समग्र राष्ट्रकालागि हो भन्ने कुरा ढिला गरि बुझेको उनले बताए ।


निजीक्षेत्रले दिएको सुझाव निजीक्षेत्रको लागि मात्रै होइन भन्ने कुरा बुझेमात्र आर्थिक संकटबाट पार पाउने उनले दावा गरे ।

उनले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने बताए ।


देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पूँजी १० अर्ब रूपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघले ४८ औं साधारणसभामा विभिन्न व्यापारिक प्रतिष्ठान सहित व्यक्तिहरुलाई पनि सम्मान गरेको छ ।

संघले चालू आर्थिक बर्षमा भारतर्फ सबैभन्दा बढी निर्यात गर्ने निर्यातकर्ता डाबर नेपाल प्रा.लि, जगदम्बा स्टील लिमिटेड र हुलास स्टील इण्डष्ट्रिज लिमिटेडलाई सम्मान गरेको छ ।

 

त्यस्तै तेश्रो मुलुकमा सबैभन्दा बढी निर्यात गर्ने त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि, नारायणी लेदर म्यानुफ्याक्चरिङ इण्डष्ट्रिज र जगदम्बा स्टील इण्डष्ट्रिजलाई सम्मान गरेको छ ।

त्यसैगरी सञ्चारक्षेत्र तर्फ नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का र सगरमाथा टेलिभिजनका प्रणय कुमार, मिराकल स्कुलकी अमृता साह, क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेख, संघका कर्मचारी विजय चौरसिया लगायतलाई सम्मान गरेको छ । कार्यक्रमको सञ्चाल संघका महासचिव आशिष लाठले र धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष हरि गौतमले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.