logo

लक्ष्य अनुसारको राजस्व असुलीमा वीरगञ्ज भन्सार असफल

 इसीमाना सम्वाददाता     २०८१ असोज ५ गते ०१: ४५ मा प्रकाशित     468   पटक पढिएको

 वीरगञ्ज । चालु आर्थिक वर्षको भदौ सम्म बीरगंज भन्सार कार्यालय निर्धारित गरेको राजस्व संकलनको लक्ष्य पुरा असफल भएको छ ।

 

भंसार बिभागले भदौ सम्मकालागि ३५ अर्व ५७ करोड २७ लाख राजस्व संकलनको लक्ष्य दिएको थियो । यो अवधीमा बीरगंज भन्सारले २५ अर्व ३१ करोड ४३ हजार रुपैया राजस्व संकलन गरेको छ ।

 

यो निर्धारित लक्ष्य भन्दा २९ प्रतिशतले कम हो । गत आथिर्क वर्षको यही अवधिमा ३० प्रतिशत कम राजस्व संकलन भएको थियो।

 

गत वर्ष पनि राजस्व संकलनको लक्ष्य पुरा नगरेको बीरगंज भन्सरा कार्यालयको चालु आर्थिक वर्षको भदौ सम्मको अवस्था हेर्दा राजस्व असुलीको लक्ष्य पुरा गर्न निकै कठिनाई हुने देखिन्छ । 

बिभागले बीरगंजकालागि पछिल्लो वर्षहरुमा राजस्वको लक्ष्य थप्ने उपक्रम बढेको छ । तर लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेको छैन ।

तथापी सरकार र नीति निर्माताहरु राजस्व संकलनको लक्ष्य प्राप्तिका अवरोधलाई हटाउन नचाहेको ब्यवहारले देखाउदै आएको छ । 


नेपाल राष्ट्र बैंकले केही समयअघि गरेको अध्ययनलाई आधार मान्दा भारतबाट हुने औपचारिक आयातको ३५ प्रतिशत अनौपचारिक माध्यम, अर्थात् भन्सार छलेर नेपाल भित्रिन्छ । 


सरकारले राजस्व चुहावट नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा भन्सार, सशस्त्र प्रहरी, जनपद प्रहरी खटाएको छ ।

 

राजस्व अनुसन्धानका निकाय पनि क्रियाशील छन् । यत्रो लगानी क्रिायशिल हुदा अनधिकृत कारोवार नियन्त्रण हुदैन अनी राजस्व संकलनको लक्ष्य पुरा हुन्छ कसरी ?बीरगंज भन्सार भएरै अनधिकृत कारोवार संस्थागत रुपमा हुदै आएको आरोप लाग्दै आएको छ ।

 

प्रहरीले समात्ने मालवाहक ट्रक नियन्त्रणमा लिने घटनाले पनि त्यो कुरालाई बल पु¥याउदै आएको छ ।

 

 बीरगंज भन्सार भएर पेट्रोलिम पदार्थको खपत हुने गाडीको आयात बढी हुदै आएकोमा अहिले आएर बिधुतीय सवारी साधनको आयात बढेको छ ।

 

 राजस्व ंकलनको लक्ष्य पुरा नभएपनि गत वर्षको तुलनामा राजस्व संकलनको मात्रा भने बढेको  तथ्याकंल देखाउछ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.