सङ्घ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु ,बित्तिय अनुशासन भंग
इसीमाना सम्वाददाता
२०८१ कार्तिक २६ गते ०४: ४० मा प्रकाशित
406 पटक पढिएको
काठमाडौँ । गत आर्थिक वर्ष २०८०र८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ ।
गत आर्थिक वर्षको आन्तरिक लेखा परिक्षणबाट कायम भएको बेरुजु २१ अर्ब ५१ करोड ९६ लाख रहेको छ ।
यो तथ्याकंले प्रदेश र संघ सरकारका निकायहरु आर्थिक अनुशासन पालनामा जिम्मेवार नरहेको देखाएको छ ।
जसमा नियमित गर्नुपर्ने बेरुजु १ अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने , १ अर्ब ९२ करोड ९६ लाख र पेश्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रहेको जनाइएको छ ।
गत आर्थिक वर्षकालागि सरकारले १२ खर्ब ४७ अर्ब ६३ करोड ४२ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा ९ खर्ब ५६ अर्ब २६ करोड ५६ लाख मात्रै सङ्कलन भएको थियो ।
त्यस्तै, सरकारले गत आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट खर्च गर्ने लक्ष्य राखेकोमा १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख बराबरको मात्रै खर्च गरेको देखिएको छ ।
सरकारका बजेटरी निकायसँग ९७ अर्ब ८४ लाख र गैर बजेटरी निकायहरूसँग १९ अर्ब ९९ करोड ७० लाख रकमको जिन्सी तथा सम्पत्ति रहेको अभिलेख रहेको पनि कार्यालयले जनाएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
बीरगंज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया