logo

शेर्पा र साहको गोदाममा राजस्वको छापा, ५० करोडको अबैध भेप बरामद

 इसीमाना सम्वाददाता     २०८१ पौष २५ गते ०१: ५७ मा प्रकाशित     442   पटक पढिएको

काठमाडौं । राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट करिब ५० करोड रुपैयाँबराबरको अवैध इलेक्ट्रिक सिगरेट ९भेप० बरामद गरेको छ ।

 विशेष सूचनाका आधारमा इमाडोलमा रहेको गोदाममा उक्त भेप बरामद गरेको विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले बताए । उक्त भेप सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पा र शंकास्पद भारतीय नागरिक पवनकुमार साहको रहेको स्रोतले बताएको छ ।

राजस्व अनुसन्धान विभागले छापामारी गरि बरामद गरेको  भेपको बजार मूल्य ५० करोड रुपैयाँसम्म रहेको अनुमान गरेको छ ।  स्रोतका अनुसार गोदाममा बरामद भेप रमेश शेर्पा र पवनकुमार साहकै हो ।

पवनकुमार साह र रमेश शेर्पाले विगत केही बर्षदेखि चीनबाट नेपालका तातोपानी रसुवा हुँदै भेप तस्करी गरी भारतमा बिक्री गर्दैआएका छन् ।

 

 तातोपानी र रसुवामा भन्सार विभाग र राजस्व अनुसन्धानले अनुगमन बढाएपछि उनीहरुले मुस्ताङको कोरलाबाट भेप तस्करी गर्दैआएको सूचना राजस्व अनुसन्धानले पाएपछि निगरानी बढाएको थियो । निगरानीकै क्रममा मंगलबार इमाडोलको गोदाममा छापा मारेको थियो ।


रौतहटको चन्द्रनिगाहपुरबाट नक्कली बाबु बनाई नागरिकता लिएका पवनकुमार साह र रमेश शेर्पाले लामो समयदेखि भेपको तस्करी गर्दैआएका थिए । प्रहरीदेखि भन्सार सबैतिर सेटिङ गरी उनीहरुले भेपको तस्करी गर्ने र भारतमा लाने गरेका थिए । तर यो पटक राजस्वले सूचना पाएपछि उनीहरुको गोदाममै छापा मार्न सफल भएको छ । 


को हुन् पवनकुमार साह ?


पवनकुमार साहले जिल्ला प्रशासन कार्यालय रौतहटबाट नक्कली बाबु बनाएर २०५२ साल मंसिर ७ गते नेपाली नागरिकता लिएको अभिलेखमा देखिन्छ । उनले चन्द्रनिगाहपुर स्थायी ठेगाना राखी लिएको नागरिकता प्रमाण पत्र नम्बर १७२९ रहेको छ । सो नागरिकता प्रयोग गरी उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिपीसमेत निकालेको देखिन्छ ।

साहले नक्कली बाबु बनाएर नागरिकता लिएको खुल्ने प्रस्ट आधारहरु देखिने उनी निकट स्रोत दाबी गर्छ । ठूलो परिमाणमा तस्करीका सामान नेपाल हुँदै भारतमा पुर्याउने साहले बीरगंज, रसुवादेखि तातोपानी भन्सारसँग सेटिङ गर्दै आएका छन् । उनले श्रीमतीको नाममा रौतहटदेखि काठमाडौंसम्म अरबौंका जग्गा जमिन जोडेका छन् । 

को हुन् रमेश शेर्पा ?

तातोपानी नाका रहेको भोटेकोशी गाउँपालिका ५ का वडाध्यक्ष श्रेष्ठले तातोपानी भन्सारका तत्कालीन प्रमुख खत्री, सिन्धुपाल्चोकका तत्कालीन सीडीओ उमेश ढकाल र एसपी प्रज्वल महर्जनको अनदेखामा रमेश शेर्पाले सुन धडाधड ल्याउने काम गरेको आरोप पनि लगाएका थिए ।

 

५ बर्षअघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका पूर्व मेयर निमफुन्जो शेर्पाका भान्जा हुन् । उनका बाबु सामान्य ह्यान्डीक्राफ्टको काम गर्थे । बैध, अवैध धन्दाकै कारण दिन दुई गुणा रात चौगुणाका दरले बृद्धि भएर रमेश अहिले अर्बपति भइसकेका छन् । सुन, भेपदेखि सबै खालका तस्करी रमेश शेर्पाले गर्दैआएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.