logo

ट्रान्सपोर्ट मेरो होइन मलाई बदनाम गराउन खोजियोः अध्यक्ष पोख्रेल

 इसीमाना सम्वाददाता     २०८१ पौष २६ गते ०८: ४७ मा प्रकाशित     1045   पटक पढिएको

वीरगंज ।वीरगंज ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष बालकृष्ण पोखरेलले संचारमाध्यमलाई तथ्यपूर्ण समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन ।

 संचारमाध्यमका आएका समाचारले मान्छेको चरित्रमाथि गम्भिर सवाल उत्पन्न हुने भन्दै उनले समाचार तथ्यपूर्ण हुनु पर्ने बताएका हुन ।

 

इसीमाना डटकम संग कुरा गर्दै अध्यक्ष पोख्रेलले पत्रकारिता राज्यको चौथो अंगको रुपमा सम्मानीत रहेकोले यो सम्मानीत पेशा नियोजित र आग्रहपाूर्ण हुन नहुने बताए ।


उनले केही संचार माध्यमले तथ्य नबुझि समाचार प्रकाशन गरेको र त्यसले अन्यौलता सृजना गरेको भन्दै यस्तो अभिब्यक्ति दिएका हुन । एउटाले समाचार लेख्ने अर्कोले कपीपेष्ट गर्ने प्रवृति पनि बढेको प्रति उनले चिन्ता ब्यक्त गरेका छन । उनले चरित्र हत्या गर्नेगरि काम गर्न नहुने बताएका छन । 

उनले सुनौलो साझा ढुवानी सेवा मार्फत एक व्यापारीले २२ पोका कपडा वीरगंज भन्सारबाट राजस्व तिरी लगेको र सोही सामान डेलिभरी दिन पिकअपमा ११ पोका लोड गरी लैजाने बेलामा ललितपुर जिल्लामा कार्यरत एक घुमुवा महिला प्रहरीको टोली आई पिकअप लैजान खोज्दा ट्रान्सपोर्टको स्टाफले लाने भए २२ पोका माल लानुस आधा लानु हुन्छ आधा यही छोडे पछि गडबड हुन्छ भनि प्रतिवाद गरेको उनले बताए । 


यहि कुराको बिबाद राजस्व अनुसन्धान बिभागमा पुगे पछि बिभागले बिहीबार सशस्त्र प्रहरीको एक टोली पठाइ गोदाम निगरानीमा राखेर ट्रान्सपोर्ट भित्र रहेको ११ पोका सामान एउटा कोठामा राखि आज शुक्रबार ताला साँचो आफ्नो नियन्त्रणमा राखेको हो ।

 

भएको यही नै हो यही कुरा लाई लिएर बंग्याएर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले सत्य समाचार प्रकाशन गर्न आग्रह गरेका छन । उनले अरुको नाममा भएको  ट्रान्सपोर्ट जबरदस्ती मेरो भएको देखाएर गलत नियत राखी समाचार सम्प्रेषण भएको बताएका छन । त्यो ट्रान्सपोर्ट मेरो होइन मलाई बदनाम गराउन खोजियो यसो गर्नु उचित नभएको पाख्रेलको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.