logo

व्यावसाय करमैत्री वातावरणको प्रत्याभूती नभएसम्म अर्थतन्त्रको विकास हुन सक्दैनः  महानगर प्रमुख सरावगी 

      3/3/2021 गते 00 00 मा प्रकाशित     1185   पटक पढिएको

 नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले बुधबार वीरगन्जमा अन्तरक्रिया सम्पन्न गरेको छ ।  

 

आगामी आर्थिक बर्ष २०७८/७९ को राजस्व नीति सम्बन्धी अन्तकृया तथा छलफल कार्यक्रममा  वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी बजेट ल्याउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

 

उद्योग व्यावसाय फस्टाउदै जान थालेपछि राज्यले अनेक किसिमका करहरु लिने गरेको बताउदै उद्योगी व्यवसायीहरुलाई अनेक किसिमका करले उद्योग व्यापारमा समस्या हुने गरेको बताउनु भयो  ।

 

खुला सीमाका कारणले वस्तुको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उद्योगी व्यावसायीहरु सधैं मर्कामा पर्ने गरेको र यस विषयमा राजस्व परामर्श समिति गठन भएदेखि नै निरन्तर आवाजहरु उठाउदै आएको भएपनि अझैसम्म एउटै विषय बारम्बार उठाईरहनुपर्ने बाध्याता कायम रहेको बताउनु भयो  ।

 

उद्योगी व्यवसायीहरुलाई उद्योगको संरक्षण र व्यावसाय करमैत्री वातावरणको प्रत्याभूती नभएसम्म अर्थतन्त्रको विकास हुन नसक्ने नगर प्रमुख सरावगीको भनाई छ ।

 

राज्यका निकायहरुले निर्माण गर्ने नीतिहरु एकअर्कामा विरोधाभाष देखिएको र राजस्व परामर्श समितिले अन्तरसरकारी समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो  ।

 

राज्यको नियन्त्रणमुखी व्यापारले गर्दा नै अवैध व्यापार बढेको जिकीर उहाँले थियो  । स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने घरबहाल कर पनि आन्तरिक राजस्व कार्यालयले लिईरहेको भन्दै त्यो कर स्थानीय तहले फिर्ता पाउने कि नपाउने भन्ने विषय पनि अन्योल रहेको उहाँले बताउनु भयो  ।

 

कार्यक्रममा राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दाहाल, आन्तरिक राजस्व विभागका महानिर्देशक झक्क प्रसाद आचार्य, सदस्य सचिव भूमिराज शर्मा लगायतको सभागिता रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.