logo

बैंकबाट लिएको ऋण नतिरेपछि नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की कालोसूचीमा

 इसीमाना सम्वाददाता     २०८१ चैत ८ गते ०४: २६ मा प्रकाशित     504   पटक पढिएको

काठमाडौं। नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की कालोसूचीमा परेका छन्। सांसद कार्कीले एकाघर परिवारभित्रका विभिन्न चार कम्पनी धितो राखेर साविकको एनसीसी (हाल कुमारी) बैंकबाट ४५ करोड रुपैयाँ ऋण लिएर बारम्बार ताकेता गर्दा पनि नतिरेका हुन्। 


नवलपरासी (वर्दघाट सुस्तापूर्व ) बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका कार्कीले आफ्नो एकाघर परिवारभित्र रहेका मनकामना इँटा उद्योग, न्यू मनकामना इँटा कारखाना प्रालि, न्यू मनकामना मिलर प्रोडक्ट प्रालि र रोडिज अटोमार्ट प्रालि धितो राखेर ऋण लिएका थिए।

 

रोडिज अटोमार्ट प्रालिबाहेक अन्य तीन कम्पनीमा कार्की सञ्चालक रहेका छन्। रोडिज अटोमार्ट प्रालिमा उनको एकाघरभित्रका तीन सञ्चालक रहेका छन्।


१० वर्ष अगाडि तत्कालीन एनसीसी बैंकबाट व्यावसायिक प्रकृतिको कर्जा लिएका कार्कीले प्रतिनिधिसभा सांसद हुनुभन्दा अगाडिसम्म नियमितरुपमा किस्ता भुक्तानी गर्दै आएका थिए। तर प्रतिनिधिसभा सांसदमा निर्वाचित भएसँगै कार्कीले कर्जाको साँवा ब्याज नतिरेका हुन्।

नियमित ऋण नतिरेपछि भुक्तानी गर्नका लागि भन्दै बैंकको सिद्धार्थनगर शाखाले पहिलो ३५ दिने सूचना २०७९ पुस २२ गते नै निकालेको थियो। त्यसपछि २०८० साउन ३ गते १५ दिने दोस्रो सूचना प्रकाशित गरेको थियो। उनले ऋण नतिरेपछि बैंकले कालोसूचीमा राखेको हो।

बैंकले पटक(पटक ताकेता गरेपनि सांसद कार्की सम्पर्कमा आउन चाहेनन्।

 

कार्की ऋण तिर्नका लागि दुई वर्षसम्म पनि सम्पर्कमा नआएपछि बैंकले शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दै धितो सकारेर कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखेको हो। 

बैंकले सकारेको धितो बिक्री गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

 

उक्त व्यवस्थाअनुसार बैंकले आफ्नो नाममा आएको धितो बिक्रीको प्रयास गर्दा सांसद कार्की बाधक बनिरहेको बैंकका रिकभरी विभाग प्रमुख भुपेन्द्र पाण्डेले बताएका छन्। 

राजनीतिक शक्किका आडमा कार्कीले बैंकलाई धितो लिलामी गर्न नदिएको बताइएको छ। उनले व्यावसायिक प्रयोजनका लागि भनेर कर्जा लिएपनि घरजग्गामा लगानी गरेको अनुमान छ।

 

विगत दुई वर्षयता घरजग्गा कारोबार मन्दीको अवस्थामा रहेकाले उनले ऋण नतिरेको हुनसक्ने देखिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.