logo

नव निर्वाचित अध्यक्ष गौतमलाई टोलबासीद्वारा बधाई ज्ञापन,समाजकोलागि काम गर्न दिए सुझाव

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १ गते ०५: १३ मा प्रकाशित     1287   पटक पढिएको

वीरगंज । वीरगंज उधोगा वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हरि गौतमलाई  पिप्राको नयाँबस्तीमा रहको टोल बिकास समितिले आज एक कार्यक्रमकावीच बधाई ज्ञापन गरेको छ ।


अध्यक्षमा निर्वाचित गौतम टोल बिकास समितिको पनि अध्यक्ष हुन । गौतम वीरगंज उधोग वााणिज्य संघमा निर्वाचीत भएकोमा टोलबासीले खुशी ब्यक्त गरेका छन ।

टोल बिकास संस्थाले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा अध्यक्ष गौतमलाई बधाई ज्ञापन गरिएको हो ।


कार्यक्रममा वीरगंज महानगरपालिकाका संस्थापक नगरप्रमुख बिजय कुमार सरावगीले गौतम आफैमा अनुभवी, निडर निर्भिकतापूर्व प्रस्ुतत हुन सक्ने भएकोले वीरगंज उधोग वाणिज्यसंघले उधोगी ब्यवसायीको हितमा परिणामुलक काम गर्ने बिश्वास ब्यक्त गरे ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले वीरगंज उधोग वााणिज्यसंघको नेतृत्वमा रहदा वीरगंजको सामाजिक जनजीवनमा सकारात्मक परिर्वतन ल्याउने कुरामा संघले आफनो पेशागत कार्यक्रम भन्दा बहिर गएर पनि पहल लिने बिश्वास ब्यक्त गरे ।

May be an image of 14 people

संयोजक लामिछानेले वीरगंजको सभ्याता सांस्कृतिक सम्पदा र समाजको स्तरीकरणको क्षेत्रमा प्रभावकारी छाप छोडन गौतमको नेतृत्वमा रहेको संघले काम गर्ने बिश्वस ब्यक्त गरे । 


कार्यक्रममा डा.कृपासिन्धु चौधरी ,डा.अशोक दास, अरुण झा लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । 


अध्यक्ष गौतमले समाजले अपेक्षा गरेको कुरालाई पुरा गर्न आफू प्रतिवद्ध रहेको बताए । उनले पेशागत काम त गर्नु पर्छ नै समाजले  पनि केही दिशा निर्देशन हुने गरि काम गर्ने आफ्नो योजना रहेको सुनाए ।


कार्यक्रमको संचालन संस्थाका सचिव ऋषिराज सत्यालले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.