logo

सुनमा लगाइएको कर खारेजीको माँग गर्दै ब्यवसायीले पर्सामा प्रजिअलाई बुझाए तालाचावी

 इसीमाना सम्वाददाता     २०८२ जेठ २९ गते ०३: १० मा प्रकाशित     1288   पटक पढिएको

,वीरगञ्ज । पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघले विहिवार  जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीलाई आफ्ना पसलका साँचो बुझाएका छन ।  उनीहरुले सरकारको घोषणा गरेको नयाँ कर प्रणालीविरुद्ध विरोध जनाउनदै ताला बुझाएका हुन ।


सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा  विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेकोले  तत्काल सो खारेज गर्न माग गर्दै व्यवसायीहरूले सहायक प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई सातबुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् ।


व्यवसायीहरूका अनुसार, सरकारले सुन तथा सुनका गहनामा लागू गर्न खोजेको २ प्रतिशत विलासिता कर वास्तवमा बहु कर प्रणाली (राउन्ड ट्रिप)हो । यसले ग्राहकलाई प्रत्यक्ष २ प्रतिशत मात्रै देखिए पनि व्यवहारमा कम्तीमा ६ प्रतिशतसम्म थप मूल्य तिर्नुपर्ने बाध्यता सिर्जना गर्नेछ । 

 सुनचाँदी व्यवसायी महासंघका मधेश प्रदेशका पूर्व महासचिव परवेश सर्राफले विश्व बजारमा सुनको मूल्य बढेर कारोबार लगभग ठप्पप्रायः भएको अवस्थामा थप करको बोझले व्यवसायलाई महामन्दीतर्फ धकेल्ने निश्चित रहेको बताए ।

 

करका कारण सुनको तस्करी बढेर जाने सार्राफको ठोकुवा गरे ।  सुनमा पत्थर जडीत गरेर बिक्री गर्दा पनि १३ प्रतिशत भ्याट लाग्ने भएकोले यसल ब्यवसाय चौपट हुन्छ । खुला सीमाना छ सीमा पारी यहा भन्दा २० हजार सस्तो पाउदा ग्राहक यते जाने अवस्था सुजना हने उनी बताउछन ।

 

 उनले अहिले एक किलो सुनमा ब्यवसायीहरुले १८ लाख कर बुझाउने गरेको बताए । र बैंक, डिलर, उद्योग हुँदै विभिन्न तह पार गरेर सुन बिक्री हुने हुँदा पसलपिच्छे खुद्रा बिक्री मूल्य फरक पर्ने र यसले ग्राहकमा अन्योल सिर्जना गर्ने चिन्ता पनि व्यवसायीहरूले व्यक्त गरेका छन् ।

हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट र यसले गहनाको कुल मूल्यमा पार्ने असरका कारण एक तोलाको पत्थर जडित सुनका गहनाको मूल्यमा ३८ हजार रुपैयाँसम्मको वृद्धि हुने अनुमान गरिएको छ । एउटै गहनामा विलासिता कर र भ्याट गरी दोहोरो कर लागू हुनु कुनै पनि अर्थमा न्यायोचित नभएको व्यवसायीहरूको भनाइ छ ।


  सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गरिनुपर्ने ।  हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर ९भ्याट० तत्काल पुनर्विचार गरी खारेज गरिनुपर्ने ।  

 

सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरिनुपर्ने ।  कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरिनुपर्ने र त्यसविना करको दायरा बढाउन नहुने ।  छिमेकी मुलुक भारतमा सरह नै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने ।

 

 विश्व बजारको मान्यताअनुसार गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक्रिडिटेड ल्याब को व्यवस्था गरिनुपर्ने ।  निर्यातको ढुवानीमा २।५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरिनुपर्ने । ब्यवसायीहरुले आफनो सात बूंदे माँगमा उल्लेख गरेका छन

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.