logo

भरतपुर महानगरद्वारा गतआर्थिक वर्षमा  १ अर्व ३६ करोड राजस्व संकलन

 इसीमाना सम्बाददाता     २०८२ सावन २ गते ०९: ०१ मा प्रकाशित     860   पटक पढिएको

चितवन    भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा १ अर्व ३६ करोड ६८ लाख राजस्व संकलन गरेको छ ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड ७६ लाख ९६ हजार गत आर्थिक वर्षमा राजस्व संकलनमा बढोत्तरी भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले जानकारी दिए । 

 

गत आर्थिक वर्षमा महानगरले राजस्व लक्ष्यको ८३ प्रतिशत मात्र राजस्व संकलन भएको जनाएको छ ।

 

मालपोतबाट ७८ करोड अनुमान गरिएकोमा ५८ करोड र ढुङ्गा, गिट्टी, बालुवाको वातावरणीय प्रभाव मूल्याङ्कन ढिला हुँदा राजस्वमा केही कमी आएको राजस्व महाशाखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए ।

 

महानगरले सम्पत्ति कर लक्ष्यभन्दा दोब्बर संकलन गरेको छ। रु ८ करोड ७८ लाख लक्ष्य रहेकामा  १५ करोड ८० लाख राजस्व सङ्कलन भएको छ ।

 

सम्पत्ति करको दायरामा महानगरवासी आएकाले लक्ष्यको दोब्बर राजस्व  संकलन भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । 


त्यसैगरी, खर्च अघिल्लो आवको तुलनामा करिब १२ प्रतिशत बढाउन सकिएको पौडेलले बताए  । पुँजीगत खर्च १ अर्ब ६८ करोड १५ लाख २३ हजार भएको छ । यो लक्ष्यको ६१ दशमलब ७१ प्रतिशत हो ।

 

अघिल्लो आवमा ५० दशमलव ४३ प्रतिशतमात्र पुँजीगत खर्च भएको थियो । त्यस वर्ष १ अर्ब ८६ करोड ७७ लाख ४७ हजार खर्च भएको थियो ।

पौडेलका अनुसार सङ्घ र प्रदेशबाट प्रशासनिक भवन र रङ्गशालालाई प्राप्त बजेटलाई पुँजीगत खर्चमा समावेश गरिएको छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.