logo

प्रदेश २ सकारको बजेट“अनुत्पादक क्षेत्रमा लगानी ” सबै क्षेत्र निराश , ब्यवसायीका माँग पनि सम्बोधन भएनन

      6/16/2021 गते 00 00 मा प्रकाशित     910   पटक पढिएको

आन्दोलनको जगमा निर्माण भएको प्रदेश २ को सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटबाट प्रदेश कुनै क्षेत्रले पनि राम्रो मान्न सकेको छैन ।

 

कोभिड महामारी नियन्त्रणकालागि २० करोड बिनियोजन गरेको प्रदेश सरकारले प्रदेश भित्रका जलाशयको सौन्दर्यकरण गर्ने भनेर त्यो भन्दा बढी रकम बिनियोजन गरेको छ । 

 


मठ मन्दीर मस्जिद गुम्बा निर्माणकालागि १८ करोड बिनियोजन गरेको छ । प्रदेश सरकारले पेश गरेको यो शिर्षकको बजेट प्रति पत्रकार रितेश त्रिपाठीले कडा टिप्पणी गर्नु भएको छ ।

 

आफनो फेसबुक पेजमा उहाँले लेख्नु भएको छ “ मन्दिर,मस्जिदजस्ता संप्रदायिक (अर्थात संप्रदाय विषेशसंङ्ग संबंधित) संरचनामा सरकारी बजेट दुर्भाग्यपूर्ण । ब्यक्ति र समाजले धर्म मान्न आफ्नो पैसा खर्च गर्नुपर्छ राज्यले दिने होईन ”। नेपालको संबिधानले नै धर्म निरपेक्षतालाई लिपिवद्ध गरेको छ ।

 

यस्तोमा लाखौ मान्छेको आस्थाको धरोहरको रुपमा रहेको र त्यसको निर्माणले पर्यटन ब्यवसायलाई प्रर्वद्धन गर्ने ठाउमा राज्यको लगानी ठिकै मानिए पनि गाउँ बस्तीमा रहेका यस्ता संरचनामा राज्यको लगानीलाई ठिक मानिदैन ।

 

१८ करोडको यो लगानीले यो प्रदेशका कति नागरिकको आर्थिक अवस्थामा परिर्वतन आउछ भनेर यसको प्रतिफल खोज्यो भने निष्कर्ष शून्य आउछ ।

 

त्यसकारण पनि राज्यको लगानी नागरिकको आर्थिक अवस्था परिर्वतनको पक्षमा हुनु पर्ने बताउनु हुन्छ समाजशास्त्रका प्राध्यापक बीरेन्द्र शाह । 


प्रदेश २ सरकारले आगामी आर्थिक वर्षकालागि पोखरीको सौन्दर्यकरणकोलागि ३२ करोड रुपैया बिनियोजन गरेको छ । प्रदेश सरकारको निर्माण भएदेखीनै पोखरिलाई सुन्दर बनाउने नाममा राज्यकोलागि खन्याउने काम भएको छ । तर यत्रो लगानीले पनि नागरिकको जीवनमा कुनै परिर्वतन भने ल्याउन सकेको छैन ।

 

नागरिकलाई आर्थिक उत्पादनसंग जोडि सकेपछि सौन्दर्यका कुरा गर्नु ठिक हुन्छ । चरम गरिवीको शिकारमा नागरिक पिल्सिनु पर्ने अनी त्यो प्रदेशको सरकारको लगानी भने अनुत्पादक क्षेत्रमा अधिक हुने देखिएको छ यो सरकार संचालनमा देखिएको कौशल अभाव  नागरिक आर्थिक रुपमा सम्पन्न र बौद्धिक रुपमा सचेत हुन नपाउन भन्ने मनोबिज्ञानको उपज भएको शाहको टिप्पणी छ । 


प्रदेशको औधोगिक राजधानी मानिएको बीरगंज र यहाको उधोगी ब्यवसायीले औधोगिक वतावरण निर्माणकालागि राखेको सरोकारका बिषयमा प्रदेश सरकारले बजेटमा सामान्य चासो समेत देखाएन । 


 औद्योगिक क्षेत्रकका लागि एक हजार बिगाहा जमिनको व्यवस्था गरिदिन बीरगंजका उधोगीले माँग गरेपनि  त्यो नसमेटिएको उनीहरुको गुनासो छ ।

 

सडक, नाला, बिजुली लगायत पूर्वाधार बनाएर सहयोग गर्न , औद्योगिक क्षेत्र घोषणा, । उद्योगबाट निस्कने रसायनयुक्त पानीहरुको व्यवस्थापनका लागि ढल, प्रशोधन केन्द्रको निर्माणमा बारा पर्साका उधोगीले प्रदेश सरकारलाई गुहार लगाएका थिए तर बजेटले त्यो कुरा सम्बोधन गरेको छैन । दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधिक शैक्षीक संस्था , ब्यवस्थित कृषि बजारको माँग थियो तर बजेटमा यो कुरा नपरेको ब्यवसायीको भनाई छ ।  

 

कृषिजन्य उत्पादनमा आधारित उद्योग स्थापना गर्ने, राजश्व दिने उद्योगहरुलाई प्रोत्साहन दिने भनेर झारा टार्ने काम मात्रै बजेट भएको उनीहरुको टिप्पणी छ । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठ विशेष आर्थिक क्षेत्र, अन्तर्राष्ट्रिय स्तरको तरकारी बजार, पोलिटेक्निकल इन्स्टिच्युट, सौर्य उर्जा जस्ता विषयमा प्रदेश सरकार गम्भीर हुन नसकेको बताउनुहुन्छ  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.