logo

निर्यात अनुदान प्रक्रियामा रोक लगाउने उद्योग विभागको निर्णय फिर्ता लिन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको माग

 इसीमाना सम्वाददाता     २०८२ असोज २४ गते ०७: ५५ मा प्रकाशित     390   पटक पढिएको

वीरगंज ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नेपाल सरकार उद्योग विभागले गत आर्थिक वर्षको निर्यात अनुदान आवेदन प्रक्रिया रोक्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।

 

सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नेपाल सरकारले विगतका वर्षहरूमा निर्यात प्रवर्द्धनका लागि केही वस्तुहरूमा अनुदान दिने नीति अवलम्बन गरेपछि ती वस्तुहरूको निर्यातमा उल्लेखनीय वृद्धि भएको थियो।

 

 

 तर, विभागले मिति २०८२ असोज २३ गते “आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले बुझाउने आवेदनहरू यस वर्ष प्रक्रिया नगर्ने” भनी सूचना जारी गरेको विषयप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

 

विज्ञप्तिमा भनिएको छ, “भूपरिवेष्टित मुलुक नेपालका निर्यातकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न असहज परिस्थिति, आर्थिक मन्दी र राजनीतिक संक्रमणबीच पनि निर्यातलाई निरन्तरता दिइरहेका छन्। यस्तो समयमा विभागको निर्णयले निर्यातकर्ताको मनोबलमा दीर्घकालीन नकारात्मक असर पर्नेछ र सरकारले अवलम्बन गरेका नीतिप्रति उद्योगी–व्यवसायीहरूमा अविश्वास बढ्न सक्छ।”

 

सङ्घले उक्त सूचनाको पुनर्विचार गरी आर्थिक वर्ष २०८१/८२ का निर्यातकर्ताहरूलाई स्वःघोषणा सहित अनुसूची–३ बमोजिमको ढाँचामा निवेदन बुझाउने म्याद थप गर्न माग गरेको छ।

 

त्यससँगै, हालको वित्तीय सङ्कट, संक्रमणकालीन अवस्था र असहज आर्थिक परिस्थिति मध्यनजर गर्दै सरकारले गत आर्थिक वर्षको  बक्यौता देखिएको निर्यात अनुदान बराबरको बण्ड जारी गरी निर्यातकर्ताको संरक्षण र प्रोत्साहनका लागि पहल गर्न  सङ्घले जोड दिएको छ।

 

अध्यक्ष गौतमले नेपाल सरकारलाई निर्यात प्रवर्द्धन, औद्योगिक विकास र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउने निर्यातकर्ताको हितमा निर्णय लिन आग्रह गर्दै, “सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र संवाद नै आर्थिक स्थायित्वको मुख्य आधार हो,”
भनेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.