logo

रौतहटको माधव नारायण नगरपालिका, विद्यालय भवन ठेक्कामा अनियमितता, प्रमुख कायस्थ सहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा

 इसीमाना सम्वाददाता     २०८२ असोज २६ गते ०३: ५० मा प्रकाशित     227   पटक पढिएको

वीरगन्ज ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणका क्रममा गम्भीर अनियमितता भएको ठहर गर्दै तीनजना पदाधिकारी र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

आयोगका अनुसार, माधव नारायण नगरपालिका–३ सखुअर्वामा निर्माणाधीन देवी माध्यमिक विद्यालय भवनको ठेक्कासम्बन्धी प्रक्रियामा गैरकानूनी कार्य र मिलेमतोपूर्ण चलखेल भएको पुष्टि भएको हो।

 

मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्ण प्रतिवादी बनाइएको छ।

 

अख्तियारका सहसचिव राजेन्द्रप्रसाद पौडेलका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा विद्यालय भवनको ठेक्का सम्बन्धी बोलपत्र आह्वान र स्वीकृतिको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ।

 

 तर, तीनै प्रतिवादीले आपसी मिलेमतोमा सीमित प्रति मात्र प्रकाशित ‘सिटी पोष्ट राष्ट्रिय दैनिक’ मा सूचना प्रकाशित भएको झुट्टा प्रमाण पेश गरी ठेक्का प्रक्रिया अघि बढाएको पाइएको छ।

 

प्रेस काउन्सिल नेपालबाट  सो पत्रिकामा उक्त सूचना वास्तविक रूपमा प्रकाशित नभएको प्रमाणित भएपछि अख्तियारले यो कार्यलाई भ्रष्टाचारको श्रेणीमा राखेर अनुसन्धान अघि बढाएको हो।

 

अनुसन्धानका क्रममा प्रतिवादीहरूले झुट्टा विवरणका आधारमा रौतहट एडभटाइजिङ एजेन्सीलाई  २ लाख ५७ हजार ९ सय ७० को झुट्टा बिल र भरपाइमार्फत भुक्तानी गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ।

 

आयोगले प्रतिवादीहरूको यो मिलेमतोपूर्ण कार्यले नगरपालिकालाई आर्थिक हानि पुर्‍याएको र व्यक्तिगत लाभ लिन खोजेको ठहर गर्दै, भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय मागदाबी गरिएको आरोपपत्र दायर गरेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.