logo

धनतेरशको पूर्वसन्ध्यामा जनकपुरमा झडप, प्रहरीले हान्यो गोली र अश्रुग्यास, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १ गते १०: २८ मा प्रकाशित     185   पटक पढिएको

जनकपुरधाम । तिहारको पूर्वसन्ध्यामा जनकपुरधाममा तनाव सिर्जना भएको छ। जनकपुरधामको सोनारपट्टीस्थित संजय ठाकुरले सञ्चालन गरेको नयाँ ज्वेलर्समा गएराति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो।

goli-prahar.jpg

झडपका क्रममा प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो।

घटनामा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्।  प्रहरी तर्फ पनि १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले जानकारी दिए।

 

डिएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन सात राउण्ड हवाइ फायर र दुई सेल अश्रुग्यास प्रयोग गरिएको छ। उनका अनुसार विशेष सूचनाका आधारमा राति करिब ८ बजे प्रहरी सिभिल पोसाकमै सोनारपट्टी पुगेको थियो।

 

“ज्वेलर्सबाट बिल–विजकबिनै करिब सात किलो चाँदी बरामद गर्‍यौं,” डिएसपी बमले भने, “त्यसपछि सुनचाँदी व्यवसायी संघका प्रतिनिधिलाई बोलाएर मुचुल्का गर्ने तयारीमा थियौं, तर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीसहित केही व्यवसायी आक्रामक बनेपछि झडप भयो।”

 

धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीको सरुवा भइसकेको र डिएसपी बम कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहेको पनि प्रहरीले जनाएको छ।

 

व्यवसायीको आरोप ,‘धनतेरशअघि प्रहरीले आतंक मच्चायो

 

उद्योग वाणिज्य संघ जनकपुरका महासचिव फुलदेव पण्डितले भने धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले अनावश्यक रूपमा व्यवसायीमाथि आतंक सिर्जना गरेको आरोप लगाए।

 

उनका अनुसार संजय ठाकुर पहिला कालीगढको रूपमा गहना बनाउने व्यक्ति हुन्, जसले हालसालै नयाँ ज्वेलर्स खोलेका थिए।

WhatsApp-Image-2025-10-17-at-10.44.38-PM.jpeg

“पहिले सिभिल ड्रेसमा आएका प्रहरीले पायल बनाउने बहानामा पसलभित्र प्रवेश गरे र चाँदी दिन दबाब दिए,” पण्डितले भने, पछि २०–२५ जना प्रहरी आएर चाँदी लैजान खोजेपछि व्यवसायीले विरोध गरे, त्यसपछि प्रहरीले लाठीचार्ज, हवाइ फायर र अश्रुग्याससमेत प्रहार गर्‍यो।”

 

त्यही क्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएको उनले बताए। पण्डितले प्रहरीद्वारा गरिएको कार्यप्रति आपत्ति जनाउँदै चेतावनी दिए,

 

समन्वयबिनै छापा , प्रशासनलाई जानकारी नै थिएन

 

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने उक्त छापाबारे आफूलाई औपचारिक जानकारी नआएको स्पष्ट पारे।

 

“राजश्व अनुसन्धानको सूचनामा प्रहरी गएको सुनेको हुँ, तर आधिकारिक रूपमा जानकारी गरिएको छैन,” उनले भने, “यदि सशस्त्र प्रहरी र प्रशासनसँग समन्वय गरेर छापा मारिएको भए अझ प्रभावकारी हुन्थ्यो।”

 

तर डिएसपी बमका अनुसार प्रहरी राजश्व अनुसन्धान विभाग पथलैयासँग समन्वय गरेरै गएको हो।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.