logo

आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेशलाई निरन्तरता

 इसीमाना सम्बाददाता     २०८२ कार्तिक १४ गते ०५: २४ मा प्रकाशित     412   पटक पढिएको

काठमाडौँ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

 

न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको इजलासले बिहीबार सुनुवाइ गर्दै, यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश जारी गरेको हो।

 

यस अदालतबाट २०८२ कात्तिक ११ गतेमा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ,अदालतको आदेशमा भनिएको छ। प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तुको सुनुवाइ यथाशीघ्र हुनुपर्ने देखिँदा सो प्रयोजनका लागि पेसी स्थगन गर्न नपाउने गरी आगामी मङ्सिर १४ गते पेसी तोकिएको छ।”

 

यसअघि न्यायाधीश पोखरेलको इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो। बिहीबारको इजलासमा दुवै पक्षबीच छलफल गरी सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

 

आयोगका अध्यक्ष हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई मन्त्रिपरिषद्ले गत असोज २३ गते आयोग र त्यसअन्तर्गतका जिल्ला समिति खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए।

 

आयोग खारेज गर्ने निर्णयले देशभरका करिब १२ लाख सुुकुम्बासी परिवारहरू पुनः अनिश्चिततामा परेका छन्। तीमध्ये धेरैजसो परिवार वर्षौंदेखि सरकारी वा सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका छन्।

 

भूमि समस्या समाधान आयोगले यी परिवारहरूको तथ्यांक संकलन गरी आवास अधिकार सुनिश्चित गर्न जग्गा वितरणको प्रक्रिया अघि बढाएको थियो। आयोग खारेज भएपछि उक्त प्रक्रिया स्थगित हुँदा हजारौँ परिवारको पुनर्स्थापना योजना रोकिएको छ।

 

आयोगका अध्यक्ष रिजालका अनुसार, “भूमिहीन र सीमान्तकृत परिवारलाई आफ्नो भूमि र घर उपलब्ध गराउने उद्देश्यले आयोग गठन गरिएको थियो। आयोग खारेज हुनु भूमिहीन नागरिकमाथिको अन्याय हो।”

 

स्थानीय सुुकुम्बासी प्रतिनिधिहरूले पनि आयोग पुनःस्थापनाको माग गर्दै आएका छन्। उनीहरूको भनाइमा, “राज्यले भूमि अधिकार सुनिश्चित नगरेसम्म सामाजिक न्याय सम्भव छैन।”

आयोगका तथ्यांकअनुसार, देशभर करिब १२ लाखभन्दा बढी सुुकुम्बासी परिवार जग्गाविहीन छन्। तिनमध्ये धेरैजसो मधेस, तराई र उपत्यकाका नगर क्षेत्रका वरिपरि बसोबास गर्दै आएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.