सर्लाही । बिहीबारदेखि परेको बेमौसमी वर्षाले सर्लाहीका किसानको भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुर्याएको छ।
बरहथवा नगरपालिका–१४ का किसान विन्देश्वर रायका अनुसार खेतमा काटेर राखिएको धान झरीले भिजेपछि कुहिन र उम्रिन थालेको छ। “केही धान त कामै नलाग्ने भइसकेका छन्,” उनले बताए ।
बागमती नगरपालिका–११ का किसान यज्ञ धिमालले खेतमा पानी जम्दा बोट लड्ने र बाला झर्ने समस्या बढेको बताए।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहका अनुसार यस वर्ष ढिलो रोपाइँ भएकाले उत्पादन पहिले नै घट्ने अनुमान थियो, अहिलेको झरीले थप क्षति पुर्याएको छ।
तपाईको प्रतिक्रिया