logo

मधेश सरकारले किसानलाई प्रतिकठ्ठा १ हजार ५ सय राहत, बेरोजगार युवालाई महिनामा २ हजार भत्ता दिने

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १० गते १०: ०६ मा प्रकाशित     782   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानलाई प्रतिकठ्ठा १हजार ५सय  रुपैयाँ राहत दिने भएको छ। साथै, प्रदेशका बेरोजगार युवालाई मासिक २,हजार रुपैयाँ जीवन निर्वाह भत्ता उपलब्ध गराउने तयारी पनि गरिएको छ।

 

मुख्यमन्त्री सरोज कुमार यादवले बुधवार पत्रकार सम्मेलनमार्फत दुवै राहत कार्यक्रमबारे जानकारी दिँदै यसका लागि आवश्यक बजेट व्यवस्थापन भइरहेको बताए।

 

किसानलाई ३६ करोड बराबरको राहत

 

प्रदेशभरका किसानलाई राहत वितरण गर्दा करिब ३६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको मुख्यमन्त्रीले बताएका छन्।
उनका अनुसार यस वर्ष दीर्घ खडेरीकै समयमा परेको अविरल वर्षाले मधेश प्रदेशको धानबालीमा दोहोरो मार परेको थियो। त्यही कारण प्रदेश सरकारले जिल्लाहरूलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

 

बेरोजगार युवाका लागि भत्ता योजना

 

मुख्यमन्त्री यादवले १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर रोजगारविहीन रहेका युवालाई मासिक २हजार रुपैयाँ भत्ता दिने प्रक्रिया अघि बढाइएको बताए।


प्रदेश सरकारको तथ्यांकअनुसार मधेश प्रदेशमा करिब १ लाख ४८ हजार यस्ता बेरोजगार युवा रहेका छन्।


प्रदेश सरकारले प्रदेश भित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका १८–३५ वर्ष उमेर समूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना २ हजारको दरले ९जीवन निर्वाह० बेरोजगार भत्ताको रुपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासीहरुलाई गराउन चाहन्छु,’ उनले भने ।

 

मुख्यमन्त्रीले भत्ता योजनाले युवा वर्गलाई संकटको अवस्थामा आधार मिल्ने र अस्थायी रुपमा जीवननिर्वाह सहज हुने विश्वास व्यक्त गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.