logo

अब नेपालाम भारतीय  रुपैयाका पाँच सयका ठुला नोट पनि चलाउन पाइने

 इसीमाना सम्बाददाता     २०८२ मंसिर १८ गते ०५: ५७ मा प्रकाशित     359   पटक पढिएको

काठमाडौं । भारतले नेपालमा १०० भारु भन्दा माथिका नोटहरू चलाउन अनुमति प्रदान गरेको छ। भारतीय केन्द्रीय बैंक (आरबीआइ)ले राजपत्रमार्फत नेपालको लागि लागू गरिएको प्रतिबन्ध हटाएको छ। 

 


आरबीआईले हालै ‘विदेशी मुद्रा प्रबन्ध ९करेन्सी निर्यात तथा आयात० संशोधन विनियमावली–२०२५’ जारी गर्दै यो महत्त्वपूर्ण परिवर्तन गरेको हो ।

 

नयाँ व्यवस्थाअनुसार अब जो–कोही व्यक्ति ९भारतीय नागरिक होस् वा अन्य देशका नागरिक० ले नेपाल वा भुटान जाँदा १०० भारुभन्दा माथिका नोटहरू कुल २५,००० भारतीय रुपैयाँसम्म साथमा लिएर जान सक्नेछन् ।

 

 त्यसैगरी नेपाल वा भुटानबाट भारत फर्किने जो–कोहीले पनि १०० भारुभन्दा ठूला नोटहरू २५,००० भारुसम्म ल्याउन पाउनेछन् ।

 

यस निर्णयसँगै अब भारतबाट आउने पर्यटक, कामदार तथा विद्यार्थीहरुका लागि आर्थिक सटही सहज हुने अपेक्षा गरिएको छ। नेपालमा भित्रिने व्यक्तिहरूले २५ हजार भारुभन्दा बढी त सीमित रकम मात्रै साथमा ल्याउन पाइने व्यवस्था गरिएको छ। 

 


यसअघि २०१६ मा लागू गरिएको नोट बंदी (डिमोनिटाइजेसन) पछि भारतबाट नेपाल जान वा पैसा ल्याउँदा केवल १०० भारु दरका नोट प्रयोगमा आउँथे। त्यसका कारण ठूलो दरका नोटहरु व्यवहारमा थिएनन्। अब त्यही प्रतिबन्ध फुकुवा गरिएको हो। 

नेपाल राष्ट्र बैंकले पनि भारतको निर्णय अनुसार व्यवस्था मिलाइरहेको जानएको छ । सीमा क्षेत्रमा काउन्टर प्रणाली सेटअप गरेमा भारतीय र नेपालको यात्रु–व्यवसायी दुबैका लागि नोट सटही गर्न सहज हुनेछ भन्ने बैंक प्रवक्ताले बताए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.