logo

ठोरीमा अंग्रेजी नयाँ वर्षको अवसरमा टिकटक प्रतियोगिता,प्रथम हुनेलाई २० हजार पुरस्कार

 इसीमाना सम्वाददाता     २०८२ पौष २६ गते ०६: २५ मा प्रकाशित     251   पटक पढिएको

ठोरी । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ठोरी गाउँपालिकाले स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित टिकटक प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

 

देशभरका नेपाली टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै प्रतियोगितामा सहभागी हुन गाउँपालिकाले आह्वान गरेको छ।

Thori, Parsa, Nepal 🇳🇵 ठोरी, पर्सा After the statement of Nepalese Prime  Minister KP oli this place has been listed on most searched place of Nepal  ♥️ #thori #ayodha #parsa #nepal

प्रतियोगिताअन्तर्गत सहभागीहरूले ठोरी गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको प्रचार हुने गरी टिकटक भिडियो तयार गर्नुपर्नेछ। भिडियोमा ठोरीका पर्यटकीय गन्तव्य स्पष्ट रूपमा देखिनु अनिवार्य रहनेछ।

 

गाउँपालिकाका अनुसार अश्लील, मानहानीपूर्ण, अपमानजनक तथा जातीय, धार्मिक वा राजनीतिक द्वन्द्व फैलाउने सामग्री समावेश भएका भिडियोहरू स्वतः अयोग्य ठहरिनेछन्।

Thori, Nepal 4k

विजेता छनोट गर्दा भिडियोको गुणस्तर, Views, Likes, Comments र विषयवस्तुको प्रस्तुति—प्रत्येकलाई २५ प्रतिशतका दरले मूल्यांकन गरिनेछ। साथै नेपालीपन र ठोरीको पहिचान झल्किने भिडियोहरूलाई विशेष प्राथमिकता दिइनेछ।

 

प्रतियोगितामा प्रथम हुनेलाई रु. २० हजार, द्वितीयलाई रु. १५ हजार र तृतीयलाई रु. १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता २०८२ पुस २५ गतेदेखि २०८२ माघ २५ गतेसम्म सञ्चालन हुनेछ। सो अवधिभित्र अपलोड गरिएका भिडियोहरू मात्र मान्य हुनेछन्। सहभागीले भिडियो अपलोड गरेपछि ठोरी गाउँपालिकाको आधिकारिक TikTok ID ‘Thori Gaupalika’ लाई Like, Follow तथा Mention गर्नुपर्नेछ।

 

टिकटक भिडियो नेपाली वा भोजपुरी भाषामा बनाउन सकिनेछ। भिडियोको अवधि कम्तिमा ३० सेकेन्ड र बढीमा १ मिनेट हुनुपर्नेछ। प्रतियोगिता सम्पन्न भएको एक हप्ताभित्र नतिजा सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.