वीरगंज । अर्थमन्त्री स्वर्णीम बाग्लेले नेपाल सरकारले आगामी वर्षकालागि ल्याउने बजेट रुपान्तरणकारी हुने बताएका छन ।
वीरगंज उधोगा वाणिज्य संघले संघको सभाकक्षमा अयोजना गरेको आर्थिक वर्ष ०८३/०४ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
अर्थमन्त्री वाग्लेले सरकार प्रतिस्पर्धात्क अर्थतन्त्र, बैधानिक परिधि भित्रको बित्तिय स्वत्रन्ता आर्थिक क्षेत्रा दण्डहिनताको अन्त्य गर्ने गरि अगाडि बढेको बताए ।
उनले सुशासन पहिलो प्रथामिकता भएको बताउदै शिक्षा, स्वास्थ्य बित्तिय पहुच र एकिकृत सामाजिक सुरक्षामा सरकारको ध्यान जाने प्रष्ट पारे ।
अर्थमन्त्री वाग्लेले सरकार नेपाली मध्यम वर्गको सुरक्षालाई अझ बढी प्रभावकारी बनाउन क्रियाशिल हुने बताए ।
उनले नेपालको लोकतन्त्र स्थापना र जातभात बिरुद्धको सामाजिक सचेतनाको आन्दोलनमा नेपाली कांग्रेस एमाले माओवादीको योगदानको उच्च प्रशंसा गर्दै अवका दिन आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु पर्ने म्यान्डेट जनताले रास्वपालाई दिएको स्मरण गरे ।
उनले सरकार रफ्तारमा सुधार काम गर्दै छ जनताले दलमात्रै होइन नेतृत्वमा पुस्ताान्तरण समेत गरिदिएकोले जायज नतिजा दिन आफूहरुले पनि दवाव महशुस गरिरहेको बताए ।
उनले बजेट निर्माणको बिधिवत परामर्श र प्रक्रिया बीरगंजबाट शुरु गरेर महत्व दिएको चर्चा गर्दै माँगेजती सबै पाउन भने नसकिने बताए ।
उनले कर उठाएर राज्यको ढुकुटी भर्ने र त्यसैबाट शिक्षा स्वास्थ्य पूर्वाधारमा लगानी गर्नु पर्ने भएकोले नियत सफा राखेर सबैको चित्त बुझाउने कोशीसमा सरकार लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।
उनले उधोगी ब्यवसायीले राखेका माँगहरु कानून निर्माण र संशोधनमा जोडिने भएकोले सरकारले त्यसमा ध्यान दिने बताए । उनले सरकारका तर्फबाट ढिलो भयो जस्तो लाग्यो भने झक्झक्याउन उधोगी ब्यवसायीलाई अपिल समेत गरे ।
अर्थमन्त्री वाग्लेले आर्थिक एजेण्डाको बिषयमा सरकार सिनसिएर्ली अगाढि बढ्ने बताउदै ठुलो संख्यामा भारतीय पर्यटक नेपाल भित्रिने वतावरण बनाउनमा आफू लाग्ने बताए ।
उनले भरपर्दो बिजुलीआपूर्तीको ब्यवस्था ठुला सडक निर्माणमा लगानी गर्ने र अन्त्यमा सुशासनलाई प्रत्याभूत गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले भने रास्वपाले तिथि बसाल्ने संकल्प लिएको हो त्यो पुरा गरि छाड्छ ।
संघका अध्यक्ष हरि गौतमको अध्यषतामा भएको कार्यक्रममा वीरगंजका ब्यवसायीहरुले आफूले भोग्नु परिरहेको समस्याहरुको बारेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमामा मन्त्रालयका राजस्व सचिव भूपाल बराल, राजस्व ब्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्री, भंसार बिभागका महानिर्देशक श्याम भण्डारी जनकराज शर्मा लगायतले आफनो बिचार ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया